• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल : कोरोना विरुद्धको लडाइँ जित्न नागरिकलाई सचेत रहन अनुरोध

  •   बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिक सचेतनाले नै कोरोना विरुद्धको लडाइँ जित्न सकिने बताउनुभएको छ । उहाँले महामारीसँग जुध्न सबैले आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी रहेको बताउँदै कोरोना विरुद्धको लडाइँ जित्न सरकारले गरेका निर्णयलाई पूर्णरुपमा पालना गर्न र अरुलाई पनि पालना गर्न प्रेरित गर्न प्रदेशवाशी जनतामा अनुरोध गर्नुभएको छ ।

    मुख्यमन्त्री पोखरेलले प्रदेशवाशी जनताका नाममा आज सम्बोधन गर्नुहुँदै कोरोनाको सङ्क्रमण रोक्न अपनाइएका महत्वपुर्ण कदमलगायत यसको रोकथामका लागि प्रदेश सरकारका तर्फबाट कोरोनाको सम्भावित जोखिमबाट बच्न पूर्व तयारीको कामलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले सङ्क्रमण भित्रिन नदिन, सचेतना जगाउन, क्वारेन्टाइनको प्रबन्ध मिलाउन र सङ्क्रमितको उपचारको व्यवस्थाका लागि तीनै तहका सरकार आपसी समन्वय र सहकार्यमा क्रियाशिल रहेका बताउँदै सरकारले सम्भावित जोखिमलाई नियन्त्रण गर्न लिएका निर्णयको पूर्ण कार्यान्वयनका लागि सबैको सार्थक सहयोगको आवश्यकता औल्याउनुभयो ।

    मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले नागरिकलाई महामारीबाट बचाउन मङ्गलबारदेखि घोषणा गरेको ‘लकडाउन’को आदेश सबैले अनिवार्य रुपमा पालना गर्न अपिल समेत गर्नुभएको छ । उहाँले उक्त आदेश पालना नगरे उल्लङ्घन गर्नेलाई सुरक्षा निकायले कारवाही अघि बढाउनेसमेत स्पष्ट पार्नुभयो ।उहाँले कोरोनाको सङ्क्रमण नियन्त्रणका प्रमुख उपाय शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा टोलभन्दा बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाउने र टोलका बासिन्दा पनि बाहिर नजाने व्यवस्था गर्न अपिल गर्नुभएको छ । टोलमा खाद्यान्न र तरकारी टोलकै पसलमा व्यवस्थापन गर्न, कोरोना भाइरसबाट जोगिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राख्ने र अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जान उहाँले अनुरोध गर्नुभएको छ ।

    मुख्यमन्त्री पोखरेलले कोरोनाको जोखिमलाई ख्याल गर्दै प्रदेश सरकारले बुटवल, भैरहवा, दाङको बेलझण्डी र बाँकेको खजुरामा गरेर चार वटा कोरोना विशेष अस्पतालको निर्माण प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुहुदै कोरोना सङ्क्रमितकोे आशङ्कामा रहेका नागरिकलाई राख्न प्रत्येक स्थानीय तहले तत्काल २५ शै्ययाको क्वारेन्टाइन बनाउने र क्वारेन्टाइनमा राखिएकाको सम्पुर्ण व्यवस्थापन गर्ने ब्यवस्था गरिएको बताउनुभयो ।

    उहाँले नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सेवा तथा औषधी पसल, खाद्यान्न, खाद्यजन्य सामाग्री, तरकारीको ढुवानी र बेचबिखन, दुधको ढुवानी र डेरी उद्योग, खानेपानी सेवा, फोहरमैला सङ्कलन र व्यवस्थापन, विद्युत् एवं सञ्चार सेवालगायत सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको तर, उक्त सेवामा संलग्न व्यक्तिले स्वास्थ्य सुरक्षा अनिवार्य रुपमा पालना गर्नसमेत अनुरोध गर्नुभएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.