• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

बजेट जनमुखी र जनताप्रति जवाफदेही छ : मुख्यमन्त्री जम्कट्टेल

  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारद्वारा प्रस्तुत बजेट जनमुखी, सन्तुलित र जनताप्रति जवाफदेही रहेको बताउनुभएको छ । विनियोजित बजेटमाथि प्रदेशसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूको आज जवाफ दिँदै उहाँले बजेट इमान्दारीपूर्वक कार्यान्वयन हुने विश्वास दिलाउनुभयो ।

    आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि आज भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश नीति, योजना आयोगलाई अझ गतिशील र जिम्मेवार बनाइने स्पष्ट पार्नुभयो । उहाँले प्रदेशको दीर्घकालीन योजनालाई कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

    प्रदेशसभाका सबै सदस्यहरूलाई सम्मानजनक भूमिका निर्वाह गराउन प्रदेश सरकारले कार्यदल बनाउने र उहाँहरूलाई विकास र प्रशासन क्षेत्रको अनुगमनको प्रत्यक्ष निर्देशन दिने कार्यलाई प्रोत्साहन गर्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ थियो ।

    कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्वास्थ्योपचार, भौतिक पूर्वाधारका क्षेत्रमा दलगत स्वार्थभन्दा माथि उठेर योजना र बजेट विनियोजित गरिने दृढता व्यक्त गर्दै उहाँले पर्यटन, वन सम्पदा र जडीबुटी खेतीका लागि उच्च प्राथमिकता दिने बताउनुभयो ।

    प्रदेश सरकारले सत्तापक्ष र प्रतिपक्ष भनी विभेद नगरीकन वहुवर्षीय आयोजना, राष्ट्रिय गौरवको आयोजना र भौतिक पूर्वाधार विकासलाई प्रदेशको १३ वटै जिल्लामा सन्तुलित ढङ्गबाट वितरण गरिने लक्ष्य रहेकाले कुनै पनि दलले शङ्का गर्ने स्थिती नरहेको मुख्यमन्त्री जम्मकट्टेलले स्पष्ट पार्नुभयो ।

    प्रशासन संरचनालाई दक्ष एवं प्रभावकारी तुल्याउँदै लैजाने र प्रदेशको सबै जिल्लामा जनताप्रति सेवाभावले काम गर्ने वातावरणका साथ कर्मचारीलाई परिचालन गरिने बताउँदै उहाँले बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँबाट जोड्ने भीमफेदी–कुलेखानीअन्तर्गत पर्ने फाखेल, सिस्नेरी सडकलाई आगामी मङ्सिर महिनाभित्रै मर्मतसम्भार गरी कालोपत्र गर्ने कार्यसम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

    प्रदेशसभा सदस्यहरूको थप पूरक प्रश्नमा मुख्यमन्त्री जम्कट्टेलले भीमफेदी–कुलेखानीअन्तर्गत पर्ने सुरुङमार्गको सम्भावित निर्माणको लागि आवश्यक प्रक्रियाका बारेमा आगामी भदौभित्रै सरकारले टुङ्गो लगाउने जानकारी गराउनुभयो ।

    उहाँले सरकारद्वारा ल्याएको बजेटप्रति प्रतिपक्ष दलहरूले बिमति जनाई संसद् अवरुद्ध गरेपछि सरकारपक्ष र प्रतिपक्षबीच सहमति भएअनुसार नै प्रतिपक्षको मागबमोजिम आवश्यकतानुसारको योजना र बजेट इमान्दारीपूर्वक समावेश गर्ने र प्रतिपक्षहरूले त्यसको अनुगमन गर्न आग्रह गर्नुभयो ।

    सो बैठकमा विनियोजित विधेयकमाथि उठेको विभिन्न प्रश्नमा खानेपानी, ऊर्जा तथा यातायातमन्त्री तीर्थबहादुर लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आ–आफ्नो मन्त्रालयको विनियोजित बजेटसम्बन्धमा जवाफ दिनुभएको थियो ।

    उक्त बैठकमा नेकपा ९एमाले० बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रतिपक्षसँग गरेको सहमतिलाई अक्षरसः पालना गरी कार्यान्वयन गर्नेतर्फ कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो । विनियोजित विधेयकमाथि छलफलमा ५२ जना प्रदेशसभाका सदस्यले भाग लिनुभएको थियो ।

    अर्थसम्बन्धी दुईवटा विधेयक पारित

    बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकले प्रदेश सरकारको दुईवटा अर्थसम्बन्धी विधेयकलाई बहुमतले पारित गरेको छ ।

    बैठकबाट प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८० र आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बहुमतले पारित भएको हो ।

    उक्त बैठकमा ती विधेयकमाथि संशोधन गरियोस् भनी प्रदेशसभाका सदस्य क्रमशः किशोर सिलवाल, रामेश्वर श्रेष्ठ, मधुसुदनप्रसाद पौडेल, केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोरसाइँ, सिर्जना सैजू र भारती पाठकले राख्नुभएको प्रस्ताव फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत गर्यो ।

    सो बैठकमा प्रदेशको आर्थिक तथा योजनामन्त्री बहादुरसिं लामाले ती दुवै विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव टेबुल गर्नुभएको थियो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशको अर्को बैठक अनिश्चतकालको लागि स्थगित भएको जानकारी गराउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.