आजभोली सबै कुरा गर्छन् देशभक्तिको
मान्य भाछैन केहि पनि कुरा युवाशक्तिको।।
नयाॅ रूप फेरिदै छ रे हाम्रो पनि देशमा
स्वार्थ पुरा गर्न धाॅउदै छन् फरकफरक भेषमा।।
कति मान्छे बस्या छन् खानेकुरा नपाएर भोकभोकै
कति त छन् घरबार बिहिन हिॅड्या छन् रोडरोडै।।
आधि जनता मोजमस्ति गर्ने भन्छन् वेरोजगारी भत्तामा
कतिलाई भ्याइनभ्याई छ माथिल्लो पदको सत्तामा।।
नेताहरू गर्छना संसद भवनमै कुर्चि हानाहान्
बाॅकी जनताहरू गर्छन् घरघरमै खुट्टा तानातान्।।
समय फेरिएछ आजकाल कलियुग आको छ देशमा
मान्छेले मान्छेलाई बेच्दैछन् पैसाको लोभमा।।
अन्यायमै रूमलिएकि छिन् अझैपनि निर्मला पन्त
न्याय खोज्न अझै कति धाउनु पर्ने हो भन त??
कारबाहि भाछैन कैलेपनि हाम्रो देशमा बलात्कारीको
कस्तो कलियुग हो यो सम्मान भाछ सधै भ्रष्टाचारीको।।
महिलाहरू रूप हुन् भगवान् का किन सधै झम्टन्छौ
अन्यायको बिरूध्द पाइला चाल्न भन कैले तम्सन्छौ??
यहाॅ छैन अझैपनि मान्छेमान्छे बिचमा समानता
हाम्रो देशको कानुनमा कैलेपनि नआउनेभो प्रभावकारिता।।
बनाका छन् रे सरकारले सबैलाई गाउॅ त सुरक्षित
महसुस गर्दै छु म किन धेरै ठाउॅ छ असुरक्षित।।
डर छ मलाई एक्लै हिॅड्दा कसैले छोला
मलाई केहि भएमा मेरी आमाको मन कत्ति रोला।।
शान्तिका प्रतिक थिए हाम्रा लागी वुद्ध
छैन आजकाल किन होला कसैको नि मन शुद्ध।।
सधैॅ कति नारा लगाउॅछौ मात्र देशभक्तिको
यहि नै हो बेला प्रयोग गरौॅ अब युवा शक्तिको।।
कबिता








