• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चिया कफी प्रवर्धनमा स्थानीय तह

  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ््नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्ष २५ हजार कफीका बिरुवा निःशुल्क वितरण गरेको छ ।

    पाँच वर्षभित्र पाँच लाख कफीको बिरुवा पु¥याउने लक्ष्य लिएको यस नगरपालिकाले दुई लाख बेर्ना उमार्ने गरी नर्सरी बनाएको छ । प्रतिवर्ष दश लाख केजी प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरिएको नगरउपप्रमुख विशन राईले जानकारी दिनुभयो । “जिल्लामा कफीको माग धेरै बढेर गएको पाइएको छ । कफीमा अहिले वार्षिक रु २० करोडभन्दा बढी पूँजी पलायन हुन्छ । अबको केही वर्षभित्रै जिल्लाभरि कफीको माग पूर्ति गर्ने गाउँपालिकाको लक्ष्य छ”, उहाँले भन्नुभयो, “कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर यो वर्ष २५ हजार बिरुवा किसानलाई वितरण गरेका छौँ । आगामी वर्ष दुई लाख वितरण गर्ने योजना छ ।

    नगरपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएपछि किसान पनि उत्साहित बनेका छन् ।” दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैस्याङटार डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा–६ छितापोखरीमा पर्ने उक्त डाँडामा करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरुवा रोपेको छ । सुम्निमा पारुहाङ पार्क (उद्यान)समेत रहेको उक्त डाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । आगामी दिनमा आन्तरिक पर्यटक वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैस्याङटार डाँडालाई चिया बगान बनाउन सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

    जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैस्याङटार डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । यो वर्ष सात हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले पछिल्ला वर्ष बिरुवा निरन्तररुपमा थप्दै जाने तयारी गरेको छ । केपिलासगढी गाउँपालिका– १ फेदीमा पनि चियाका बिरुवा धमाधम रोप्न थालिएको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यसवर्ष दुई लाख चियाका बिरुवा रोपिने वडाध्यक्ष नीरकुमार राईले जानकारी दिनुभयो । फेदीमा गत वर्षदेखि व्यावसायिक चिया खोती सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    चिया खेतीबाट व्यावसायिक र गुणस्तरीय चिया उत्पादन गर्नेगरी बिरुवा रोप्ने काम सुरु गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । फेदीका तालखर्क, डाँडाखर्क, बर्खे, सुम्देलगायत ठाउँमा प्राविधिक टोलीसहितले चियाका बिरुवा रोप्ने काम गरिरहेका छन् । फेदीमा व्यावसायिक चिया उत्पादनका लागि दुईवटा किसान समूहसमेत गठन गरिएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा गत वर्षदेखि नै व्यावसायिक चिया खेती सुरु गरिएको थियो ।

    जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा मात्र वडा रहेको) साकेला गाउँपालिकाले यसवर्ष मात्रै सात हजार बिरुवा रोपेको छ । पर्यटकीयस्थल तावाभञ्ज्याङमा रोपिएका चिया बगान हेरचाह गर्न कामदारसमेत राखिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीलाई पर्यटन प्रवद्र्धनसँगै जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र््याउने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभयो । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित कपासेभञ्ज्याङमा पनि व्यावसायिक चिया खेती सुरु गरिएको छ । टेम्के–थामडाँडा कृषि सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको १५ हजार चियाको बिरुवा रोखिएको गाउँपालिकाले जनाएको छ ।

    जिल्लामा उत्पादित चिया तथा कफीलाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी तयारी गरिएको स्थानीय तहहरुले जनाएका छन् । एक लाख ५७ हजार तीन सय हेक्टर अर्थात् ४८ दशमलव ५८ हेक्टर क्षेत्रफल जमिन रहेको जिल्लामा खेतीयोग्य जमिन ६२ हजार तीन सय ६० दशमलव ०२ रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.