• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ । जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ ।

    पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उहाँले जानकारी दिनुभयो । “पदमार्ग क्षेत्रलाई चरा पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ पाइने सबै चरालाई हामीले पुस्तकमा समेट्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “पुस्तकमा समेटिएसँगै यस क्षेत्रमा पदयात्रा गर्न आउने वा चराहरूकै अध्ययन अवलोकनका लागि आउने पर्यटकका लागि थप उपयोगी बन्ने हाम्रो विश्वास छ ।”

    नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो सङ्ख्यामा काँडे भ्याकुर भेटिएका छन् । त्यस्तै पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौँडा, बुढाकोट तलतिरको भागलगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडे भ्याकुर पाइएका छन् । अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ३७ प्रजातिका चरा फेला परिसकेको र थप अध्ययन अनुसन्धानबाट अन्य केही प्रजाति अझै थपिने देखिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

    स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालिएको छ । यस क्षेत्रमा काँडे भ्याकुरसँगै अन्य अति सङ्कटमा परेका केही चरा पनि पाइएको उहाँले बताउनुभयो । संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका विभिन्न चरा यहाँ भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ । त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकुल, शिक्रा, वनबाज, मोर¬ङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्दछन् ।

    ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेलगायत प्रजातिका चराले पनि यस पदमार्गको गरिमा अझै बढाएको छ । संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैँसेगौँडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

    “हामी मिलेनियम ट्रेकलाई पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो, “पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरबास सञ्चालनमा आइसकेका छन् ।” पछिल्ला वर्षमा प्रकृतिका साथीहरू संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिकरूपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गर्ने गरिएको निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

    देशभरबाट सहभागी हुने विद्यार्थीलाई १९ दिने वन्यजन्तु अनुसन्धान विधि विषयक तालिम दिइने उल्लेख गर्दै उहाँले सो क्रममा त्यहाँ पाइने चरा, वन्यजन्तु, पुतली आदिबारे जानकारी एवं अध्ययन–अनुसन्धान गराइने जानकारी दिनुभयो । शान्तस्थल, पर्याप्त वनजङ्गल आदिका कारण पनि यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन् ।

    पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको गुरुङले बताउनुभयो । नेपालमा भित्रने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.