• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गलेश्वरधामा भक्तजनको घुइँचो

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बेनी । म्याग्दीको बेनीनगरपालिका –९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा पूजापाठ गर्न भक्तजनको घुइँचो लागेको हो । साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

    बिहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा धवप्रसाद रेग्मीले जानकारी दिनुभयो । सोमबारका दिन भक्तजनको घुइँचो लाग्ने भएकाले कोषका अध्यक्ष रेग्मीको संयोजकत्वमा १०२ सदस्य मूल तयारी समिति र विभिन्न २३ वटा उपसमितिले पूजापाठ र मन्दिरमा दर्शन गर्न भक्तजनलाई व्यवस्थापन गरेका छन् ।

    शालिकग्राम पाइने एक मात्रै कालीगण्डकी नदीको किनारस्थित विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै, बागलुङ, पर्बत, कास्कीलगायत क्षेत्रबाट भक्तजन आएका छन् । गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । गलेश्वरमा आज २५ हजार बढी भक्तजनले पूजापाठ गर्ने कोषको अनुमान छ । भक्तजनको सहजताका लागि विभिन्न सङ्घ संस्था, क्लब र विद्यालयले स्वयमसेवकको भूमिका निर्वाह गरेका छन् ।

    कालीगण्डकी नदीको किनारमा चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने विश्वासले साउन महिनामा यहाँ भक्तजनाको भीड लाग्ने गर्छ । विशेष गरेर विवाहीत महिला पारिवारिक सुख र अविवाहीत राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ । गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रीमा विशेष धार्मिक मेला लाग्ने गर्छ । मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तीर्थस्थलको रुपमा परिचित छ ।

    गलेश्वरमा भक्तजनबाट सङ््कलन हुने भेटीलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शीरुपमा सार्वजनिक गर्दै आएको छ । भेटीबाट सङ्कलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्चिदै आइएको छ । गलेश्वरमा आउने हजारौँ भक्तजनकाकारण मन्दिरमा चढाउने नरिवलसँगै फूलप्रसादको व्यापारसमेत ह्वात्तै बढ्ने गरेको छ । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.