• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको छ : मन्त्री श्रेष्ठ

  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाटन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको बताउनुभएको छ । सञ्चार रजिष्ट्रारको कार्यालयले आज ललितपुरमा आयोजना गरेको साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक विमोचन समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री श्रेष्ठले साइबर सुरक्षाका लागि दक्ष जनशक्ति र रणनीति बनाउनु आवश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बागमती प्रदेशमा सूचना प्रविधि तथा साइबर सुरक्षासँग सम्बन्धित विषयका कानुन निर्माण गरी कार्यान्वयनमा लगिनेछ, अहिले साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको छ । सङ्घीय साइबर सुरक्षा नीति आएसँगै प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित विषयमा सरोकारवाला निकायसँग छलफल गरेर परिमार्जन गरी कार्यान्वयन गर्न सकिने कानुन निर्माण गर्नेछौँ ।”

    प्रदेशमा निर्माण भएका अव्यवहारिक कानुन संशोधनको क्रममा रहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले अगाडि भन्नुभयो, “सूचना प्रविधिको विकास र यसले निम्त्याएको चुनौतीको सामना गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारले एक्लै गर्न सक्दैन, सबै मिलेर साझा नीति तथा रणनीति बनाएर सामना गर्नुपर्ने हुन्छ, त्यो दिशामा प्रदेश सरकार प्रतिबद्ध भएर अगाडि बढिरहेको छ ।”

    त्यस्तै पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रदेशमा निर्माण भएका धेरै कानुन सङ्घीय सरकारले निर्माण गरेकाभन्दा पनि पश्चगामी भएको भन्दै संशोधन गरेर नागरिकमैत्री र कार्यान्वयनमा आउन सक्ने बनाउन आग्रह गर्नुभयो । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले यस वर्ष साइबर सुरक्षाका साथसाथै जिल्ला तहका समाचारदातालाई लक्षित गरेर विधागत पत्रकारिताका लागि सहयोगी हुने गरी पुस्तक प्रकाशन गर्ने बताउनुभयो ।

    उहाँले ज्येष्ठ पत्रकारको अनुभवलाई पनि पुस्तकमा समेटेर प्रकाशन गर्ने तयारी सञ्चार रजिष्ट्रारको कार्यालयले गरिरहेको बताउनुभयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.