• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

निःशुल्कदेखि तीन गुणासम्म सस्तो प्रयोगशालाबारे स्थानीयवासी बेखबर

  •   आइतबार, साउन ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् ।

    बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रु आठ करोड खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्य कार्यालयको परिसरमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो । इकाइको रुपमा सञ्चालनमा ल्याइएको यो प्रयोगशालामा सबैखाले परीक्षण गरिन्छ ।

    उक्त इकाईकी ल्याब टेक्नोलोजिष्ट सुष्मा आचार्यका अनुसार कल्चर र पिसिआर परीक्षणका काम भइरहे पनि सबै परीक्षण प्रयोगशालाबाट गर्न सकिन्छ । यति महत्वपूर्ण प्रयोगशाला सञ्चालनमा आए पनि स्थानीयवासीले उपयोग गरेका छैनन् ।
    शुक्रबार दिनभर पाँच वटा नमुना मात्रै प्रयोगशालामा आएको उहाँले जानकारी दिनुभयो । जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका नारायणबहादुर कार्कीका अनुसार निजी क्षेत्रको तुलनामा तीन गुण सस्तोमा यहाँ परीक्षण हुन्छ ।

    उहाँको भनाइमा बाहिर लिपिट प्रोफाइल (एलएफटि) परीक्षणका लागि रु नौ सय लाग्छ भने यहाँ रु तीन सयमा हुन्छ । यसैगरी अन्य परीक्षणमा पनि न्यून शुल्क लाग्ने कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकलाई सो शुल्कमा पनि ५० प्रतिशत छुट, गरिब विपन्नलाई शतप्रतिशत छुट उपलब्ध गराइएको छ भने डायलासिस गरिरहेका बिरामीलाई ९० प्रतिशत छुट, मिर्गाैला प्रत्यारोपण गरेकालाई ९० प्रतिशत छुट, कोभिडको परीक्षणका लागि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।
    यसैगरी स्वास्थ्यकर्मीलाई ९० प्रतिशत, अवकाश प्राप्त कर्मचारीलाई ५० प्रतिशत, कर्मचारीका आश्रित परिवारलाई ५० प्रतिशत, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत र ‘ख’ वर्गकालाई ५० प्रतिशत छुट दिइएको छ ।

    प्रदेशभित्रको सुविधा सम्पन्न प्रयोगशाला बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले निकै न्यून शुल्कमा उच्चस्तरको सेवा दिने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको भए पनि आमनागरिक भने सेवा लिन आइनसकेको बताउनुभयो । “सरकारले न्यून शुल्कमा उच्चस्तरको सेवा दिँदासमेत महँगोमा नागरिकले प्रयोगशाला प्रयोग गरिरहेका छन्,” उहाँको गुनासो थियो ।

    आम नागरिकसम्म तत्काल सन्देश पुग्न नसके पनि क्रमशः सबैलाई थाहा हुँदै जाने स्वास्थ्यमन्त्री जोशीले बताउनुभयो । कुनै ठाउँमा रोग फैलिएर तत्काल नमूना लिनुपर्ने अवस्थामा यो प्रयोगशाला उपयोगमा आउने छ । उहाँले थप्नुभयो “ यहाँ आउने बिरामीको परीक्षण र रोग फैलिएको अवस्थामा समुदायमै पुगेर नमूना सङ्कलन गरी परीक्षण गर्ने योजनाका साथ यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।”

    प्रयोगशालाले नसर्ने तथा सर्ने रोगको अध्ययन, गुणस्तरमापन र तालिम दिनेजस्ता कामसमेत गर्ने छ । प्रयोगशालाले नसर्ने रोगको आवश्यक अध्ययन, अनुसन्धान र तिजा निकाल्ने आवश्यक समन्वय गर्ने छ । यस्तै सर्ने रोगबारे अनुसन्धान गरी नतिजा वितरण गर्ने, प्रादेशिक प्रयोगशालाबाट गुणस्तर नियन्त्रणका लागि पठाइएका नमुना परीक्षण गरी नतिजा सङ्कलन गर्ने र विश्लेषण गर्ने, प्रयोगशालाको गुणस्तर मापन गर्नेलगायत काम गर्ने उहाँले जानकारी दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.