नवलपुर । कोरोना भाइरस विरुद्ध लड्न स्थानियतहरुले तिब्र रुपमा सुरक्षाका उपायहरु अपनाइ रहेका छन । अहिले शहरी क्षेत्रमा भन्दा स्थानियतहमा कोरोना सुरक्षा बढि अपनाइएको स्थानियतहका जनप्रतिनिधिहरुले बताएका छन ।
विश्वमा फैलिएको महामरीका कारण कयौँले ज्यान गुमाएको र त्यस्तो परिस्थीति नेपालमा भित्रिन नदिन स्थानियतहमा विशेष सुरक्षा अपनाउनु पर्ने हुदा आफुहरुले भाइरस विरुद्ध अपनाउनु पर्ने सुरक्षा तिब्र रुपमा अपनाएको देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले बताए ।
उहाका अनुसार कोरोनाका लागि नगरपालिका संग समन्वय गरि हरेक वडामा कोरोना विरुद्ध सुरक्षा अपनाएको बताउछन । अहिले स्थानियतहका हरेक गाउँगाउँमा कारोनाबाट आफु बच्न र अरुलाई बचाउन अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निशेष गर्ने गरि अभियान नै संञ्चालन गरि रहेका छन ।
नवलपुरका अधिकाशं नगरपालिका भित्र स्थानियहरु आफै सक्रिय भइ अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक गरेका छन । कोरोना भाइरस आफै नआउने तर अरु स्थानबाट आएका व्यक्तिहरुमा देखिने संक्रमणले अरुलाई पनि सर्ने हुदा गाउँबासिनै सुरक्षाको अभियानमा लागी देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको शुन्दरबस्ती टोल समितिले पनि आफ्नो टोलमा अपरिचित व्यक्तिलाई टोल प्रवेशमा रोक लगाएको टोल सुधार समितिका अध्यक्ष विनोद शिलवारले बताए ।








