• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह

  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन् । यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले कृत्रिम घटना नमूना अभ्यासलगायतका कार्यक्रमलाई अगाडि बढाएका छन् । बाढी आउनुपूर्व अपनाउनुपर्ने सावधानी, बाढी आइसकेपछि अपनाउने क्रियाकलापसँगै बाढीपश्चात गर्नुपर्ने कार्यबारे स्थानीय समुदायलाई जानकारी दिन थालेका हुन् ।

    “विसं २०६५ मा ठूलो बाढी आयो, पूर्वसावधानी अपनाउन नसक्दा निकै ठूलो धनजनको क्षति भयो”, शुक्लाफाँटा नगरपालिका विपद् शाखाका प्रमुख कृष्णदत्त भट्टले भन्नुभयो, यति ठूलो बाढी आउला भनेर कसैले कल्पना गरेकै थिएनन्, विपद् पूर्वजानकारी दिएर नआउने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा जुटेका छौँ ।” पुर्नवास नगरपालिका वातावरण तथा विपद् शाखाका प्रमुख ओमनाथ ढकाल बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सचेतना अभियान थालिएको जानकारी दिनुभयो ।

    “गत वर्ष बाढी आउँदा नगरपालिकाका वडा नं २, ५ र १० का बासिन्दा निकै प्रभावित भए, बाढीजन्य प्रकोपबाट बच्नका लागि तयारी पुगेको थिएन”, उहाँले भन्नुभयो, “पूर्वतयारी नहुँदा दोदा नदीको बाढी बस्तीमा पस्दा डुबानको समस्या सिर्जना भयो, जसबाट स्थानीय बासिन्दाले खाद्यान्न, लत्ताकपडा र भौतिक पूर्वाधारमा क्षति बेहोर्नुप¥यो ।” विगतको बाढीजन्य प्रकोपबाट पाठ सिक्दै सचेतनासँगै नगरस्तरीय विपद् व्यवस्थापन समितिका कार्यदलका सदस्यलाई बाढी पूर्वतयारीका अभ्यास गराइएको उहाँको भनाइ छ ।

    उहाँका अनुसार नगरपालिकाले यसवर्ष बाढीजन्य प्रकोपमा फसेका व्यक्तिको उद्धार गर्न मोटरबोट खरिद गरेको छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुर र मर्सिकोरको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले बाढीजन्य प्रकोप न्यूनीकरणको पूर्वतयारीमा स्थानीय तहसँंग समन्वय गरी कार्य गरिरहेको छ । विपद् व्यवस्थापनका लागि परियोजनाअन्तर्गत आवश्यक सामग्री उपलब्ध गराइएको छ । बाढीजन्य प्रकोपबाट स्थानीय बासिन्दाको जीउधनको सुरक्षाका लागि पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदलका सदस्यको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम दिने गरिएको परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो ।

    बाढीजन्य प्रकोपबाट बर्सेनि हुँदै आएको मानवीय क्षति न्यूनीकरणका लागि समुदायलाई बलियो बनाउन पूर्वतयारी गर्नु आवश्यक रहेको विपद्का क्षेत्रमा लामो समयदेखि क्रियाशील जनक लेखकको भनाइ छ । “स्थानीयस्तरमा गठन भएका कार्यदलको क्षमता परीक्षण गर्नका लागि नमूना कृत्रिम अभ्यास सकारात्मक छ, यसले बाढीजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणमा सघाउ पुर्याउँछ”, उहाँले भन्नुभयो, “कार्यदलका सदस्यको कमी–कमजोरी पत्ता लगाई सक्षम बनाउने कार्यसँगै स्थानीय समुदालाई बाढीजन्य प्रकोपसँग लड्नका लागि सक्षम बनाउँछ ।”

    उहाँका अनुसार हालसम्म पुर्नवास नगरपालिकाका नौ र शुक्लाफाँटा नगरपालिकाका दुई गरी ११ समुदायमा बाढी पूर्वतयारीका लागि कृत्रिम घटना नमूना अभ्यासको कार्य गरिएको छ । “बाढीजन्य प्रकोपबाट बच्ने उपायबारे जानकार नहुँदा डुबानमा पर्दा मात्रै सुरक्षित स्थानतर्फ जाने गरेका थियौँ”, पुर्नवास नगरपालिका पदम परियारले भन्नुभयो, “नगरपालिकाले थालेको सचेतना अभियानले बाढीजन्य प्रकोपबारे जानकार भएका छौँ, आपत्कालीन सञ्चालन केन्द्रसँंग समन्वय गरी बाढीजन्य प्रकोपबारे जानकारी लिन्छौँ, नदीको पानी खतरा तह पार गर्नअघि नै सुरक्षित स्थानमा जाने गरेका छौँ, यसबाट मानवीय क्षति हुन पाएको छैन ।”

    बाढीजन्य प्रकोपबाट बर्सेनि कञ्चनपुरमा झन्डै २० हजार बढी घरधुरी प्रभावित हुने गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.