• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘सर्पहरू गीत सुन्दैनन्’ अङ्ग्रेजीमा

  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । साहित्यकार शैलेन्द्र साकारद्वारा लिखित ‘सर्पहरू गीत सुन्दैनन्’ कवितासङ्ग्रहको अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको छ । निरङ्कुश पञ्चायती व्यवस्थाकालमा त्यसविरुद्ध लेखिएका नेपाली भाषाका केही कविता ‘सर्पेन्ट्स वन्ट लिसन टु योर संग्स’ शीर्षकमा अनूदित छन् । साकारकी धर्मपत्नी मञ्जुश्री श्रेष्ठले प्रकाशन गर्नुभएको कृतिमा २० कविता छन् जसको अनुवाद युयुत्सु शर्मा, मञ्जुश्री थापा, पदमप्रसाद देवकोटा, शैलेन्द्र सिंह, हरिश अधिकारी, अनुरक्त प्रधान, प्रमेश केसी र फिलिप पियर्सले गर्नुभएको हो ।

    यसअघि उहाँका ‘शैलेन्द्र साकारका कविता’, ‘नाङ्गो तार’, ‘कवितामा अमेरिका’, ‘अमेरिका’ र ‘अरू सात समुद्र’ कवितासङ्ग्रह, ‘कोलाज’, ‘कालपात्र र अरू कथाहरू’ र ‘रामायण र अरू कथा’ कथासङ्ग्रह, ‘अवतार विघटन’ र ‘आकाश विभाजित छ’ उपन्यास (संयुक्त लेखन) र ‘भोजपुरे हुलाकीका सन्तान’ संस्मरणात्मक कृति प्रकाशित छन् । पछिल्लो कृति उहाँको पहिलो अङ्ग्रेजी सङ्ग्रह हो ।

    जनसार्क समन्वय मञ्च नेपालद्वारा आज आयोजित कार्यक्रममा बिसको दशकका कवि द्वारिका श्रेष्ठले साकार सुरुदेखि नै विद्रोही स्वभावका रहेको र उहाँका धेरै कवितामा त्यस्तै भाव रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तारानाथ लुइँटेलले कवितामार्फत परिवर्तन ल्याउन र मुलुक बनाउन सकिने विचार राख्नुभयो । पूर्वराजदूतद्वय भीम उदास र पदम सुन्दासले साकार जस्ता शक्तिशाली कविको मूल्याङ्कन सरकारले गर्न नसकेकामा गुनासो गर्नुभयो ।

    अनुवादक शर्माले साकारसँग मिलेर आफूले ‘कथ्य कायाकल्प’ (कन्टेन्ट मेटामोर्फाेसिस) जस्तो साहित्यिक आन्दोलन चलाएको जनाउँदै निरन्तर लेखिरहनुभएका उहाँको लेखनमा सहजता, सरलता, इमान्दारी पाइने बताउनुभयो भने साहित्यकार–पत्रकार श्रीॐ श्रेष्ठ रोदनले उहाँले नेपाल स्रष्टा समाज स्थापनाका साथै बुटपालिस आन्दोलन, सडक कविता क्रान्ति, अमलेख जमात आदिमार्फत नेपाली राजनीति र समाजलाई पथप्रदर्शनसमेत गरेको उल्लेख गर्नुभयो ।

    आयोजक मञ्चका महासचिव सन्तोषप्रसाद घिमिरे र कोषाध्यक्ष दीनदया रिजाल तथा पर्वतारोही आङदावा शेर्पाले साकार जस्ता अन्तरराष्ट्रिय साहित्यिक व्यक्तित्व कमै जन्मने बताउनुभयो । कवि साकारले कवि–साहित्यकारले राजनीतिक आश्रय खोज्न नहुने र कसैको पिछलग्गु बन्न नहुने जनाउँदै नयाँ रचना सिर्जनु वा पुस्तक प्रकाशन हुनु भनेको लेखकको पुनर्जन्म नै हो भन्नुभयो ।

    आज छन्द दिवस मनाइदै
    मातातीर्थ औंशी विशेष: आमा (कविता)
    आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.