• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनमा डेँगु संक्रमणको उच्च जोखिम

  •   बिहिबार, साउन ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वर्षा याम सुरु भएदेखि चितवनमा डेँगु संक्रमणको उच्च जोखिम बढेको छ । चालु आर्थिक वर्ष २०८०/२०८१ को साउन महिनाको ९ दिनमै ४ जनामा डेँगु संक्रमण पुष्टि भएसँगै संक्रमणको जोखिम बढेको हो । ७० जनाको परीक्षण गरिएकोमा चार जना चितवन बाहिरका नागरिकमा डेँगु सङक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/०८०मा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकोमा तीन हजार ३२४ जनामा डेँगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए ।

    केसीका अनुसार चितवन बाहिरका ६९५ जना र ठेगाना नखुलेका ३२३ जना डेँगुबाट सङ्क्रमित भएका थिए भने चार जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७८/२०७९ मा पाँच हजार ४५४ को परीक्षण गरिएकोमा ३०३ जनामा डेँगुको संक्रमण देखिएको थियो । यस्तै आव २०७७/२०७८ मा एक हजार ७१७ जनाको परीक्षण गरिएकोमा २४३ जनामा डेँगुको सङ्क्रमण देखिएको थियो । चितवनमा संक्रमणको उच्च जोखिम रहेको सूचना अधिकारी केसीले बताएका छन् ।

    उनले भने,‘ डेँगु संक्रमणको उच्च जोखिम रहेकोले संक्रमण नियन्त्रणको लागि स्थानीय निकायसँग छलफल भइरहेको छ । यसका लागि स्थानीय निकाय, स्वयंसेविका र समुदायको सहभागिता चाहिन्छ ।’ उनले स्थानीय निकाय, स्वयंसेविका र समुदायले संक्रमण नियन्त्रणको अभियानमा सहयोग गरिदिन आग्रहसमेत गरेका छन् । उनले बजार क्षेत्रमा धेरै डेँगु संक्रमण फैलिने हुँदा बजार जादा डेँगुको टोकाइबाट बच्न र आफ्नो घर वरिपरी सफा राख्न सुझाव दिएका छन् । उनले भने, ‘यदि लामखुट्टेले टोकेको ७-८ दिनमा ज्वरो आएमा अथवा डेँगुको लक्षण देख्न थालेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । यदि समयमै उपचार गरिएन भने व्यक्तिको मृत्युसमेत हुन्छ ।’

    उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने योजना बनाइरहेको बताए । उनकाअनुसार भदौ, असोज, कात्तिक डेँगुको प्रकोप हुने सिजन हो तर साउनदेखिबाट डेँगुको तथ्याङ्क संकलन कार्य थालेको छ । डेँगु एडिस एजेप्टाइ नामको लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो रोगको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेलगायत लक्षण देखा पर्ने चिकित्सक बताउँछन् ।

    डेँगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खालीबट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा झुलको प्रयोग गर्नुपर्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.