• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

दाङमा मल मौज्दात

  •   शनिबार, साउन १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    देउखुरी । दाङमा यस वर्ष किसानले अनुदानको रासायनिक मल पर्याप्त पाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानमा रासायनिक मल वितरण गरेपछि मलको अभाव नभएको किसानले बताएका छन् ।

    अनुदानको मल सहज रुपमा पाएपछि धान रोपाइँ गरेको घोराही उपमहानगरपालिका–१ रामपुरका हिमाल चौधरीले बताउनुभयो । “हाम्रो गाउँमा आधाभन्दा बढी धान रोपाइँ भइसकेको छ । सिँचाइको सुविधा छ, मल पनि समयमा पायौँ । धान रोपाइँ गर्न सजिलो भयो”, उहाँले भन्नुभयो । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका मनोज चौधरीले दुई बिघा खेतमा धान रोप्नुभएको छ ।

    गाउँमा रहेको कृषि सहकारीमार्फत असार अन्तिम साता रासायनिक मल लिएको हो”, उहाँले भन्नुभयो, “मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो ।” तुलसीपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख तीर्थराज न्यौपानेले आर्थिक वर्ष २०७९/८० मा तुलसीपुरमा युरिया मल एक हजार नौ सय ५४, डिएपी एक हजार दुई सय ८१ र पोटास ४२ मेट्रिक टन आएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म युरिया एक हजार नौ सय ३८ दशमलव, डिएपी दुई हजार दुई सय ३३ र पोटास ५४ मेट्रिक टन बिक्री गरिएको छ ।

    पोटास अघिल्लो वर्षको मौज्दात रहेको जानकारी दिँदै न्यौपानेले आव २०७८/७९ भन्दा गत वर्ष समयमा मल उपलब्ध भएकाले किसानलाई वितरण गर्न सजिलो भएको बताउनुभयो । त्यस्तै, आव २०७९/८० मा लमही कार्यालयमा धान खेतीलाई लक्षित गरेर युरिया मल एक हजार दुई सय ५३, डिएपी पाँच सय ९७ र पोटास ६३ मेट्रिक टन प्राप्त भएकामा युरिया एक हजार एक सय ८०, डिएपी पाँच सय ७०, पोटास ६४ मेट्रिक टन बिक्री गरिएको कृषि सामग्री कम्पनी लिमिटेड लमहीका प्रमुख सुस्मा बस्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कृषि चुन आव २०७८/७९ को मौज्दात रहेको २० मेट्रिक टन बिक्री गरिएको हो । अहिले लमही कार्यालयमा युरिया ७२, डिएपी ३६ र कृषि चुन नौ मेट्रिक टन मौज्दात रहेको प्रमुख बस्यालले जानकारी दिनुभयो । देउखुरी क्षेत्रका किसानले धान रोपाइँ गरिसकेकाले मल मौज्दात रहेको उहाँले बताउनुभयो । जिल्लामा अहिले पनि मल आउने क्रम रहेकाले मलको अभाव नहुने उहाँको भनाइ थियो । लमहीमा १८, राप्तीमा सात, गढवामा १२ र राजपुरमा पाँचवटा सहकारीमार्फत मल वितरण भइरहेको प्रमुख बस्यालले जानकारी दिनुभयो ।

    कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टोपाराम गौतमले आर्थिक वर्ष २०७९/८० मा युरिया दुई हजार तीन सय सात, डिएपी एक हजार तीन सय, पोटास ६६ र कृषि चुन दुई हजार एक सय मेट्रिक टन आएको जानकारी दिनुभयो । उहाँका अनुसार युरिया दुई हजार दुई सय ९५, डिएपी एक हजार तीन सय सात र पोटास ९२ मेट्रिक टन सहकारीमार्फत वितरण भइसकेको छ ।

    हाल कार्यालयमा युरिया १२, डिएपी २५ र कृषि चुन २१ मेट्रिक टन मौज्दात रहेको प्रमुख गौतमले जानकारी दिनुभयो । जिल्लाका तीन स्थान (घोराही, तुलसीपुर र लमही) बाट कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल वितरण गर्दै आएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.