• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

टीकापुर अस्पतालमा रगत खपत बढ्यो : ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • सांकेतिक तस्बिर
    • अ
    • अ
    • अ

    टीकापुर । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ । यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ । टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो ।

    अघिल्लो वर्ष एक हजार छ सय ९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको छ । अघिल्ला वर्षका तुलनामा रगत खपत बढ्दै गएको छ । कैलालीको टीकापुर र भजनी नगरपालिका, त्यसैगरी जानकी र जोशीपुर गाउँपालिकाले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने नीति लिएका छन् । नीतिअनुसार ती पालिका र रेडक्रसबीच रगत प्रयोग गरेको आधारमा एकमुष्ट रकम उपलब्ध गराउने सम्झौता गरिएको छ । प्रतिपिन्ट रु एक हजार एक सय ५० का दरले पालिकाले रेडक्रसलाई रकम उपलब्ध गराउने गरेका छन् । रगत प्रयोगका आधारमा टीकापुरमा सबैभन्दा बढी छ सय ७९ पिन्ट रगत खपत भएको छ ।

    यस्तै जानकी गाउँपालिकाका नागरिकले चार सय नौ, जोशीपुर गाउँपालिकाले दुई सय ४१ र भजनी नगरपालिकाले दुई सय ७२ पिन्ट रगत प्रयोग गरेका छन् । अन्य पालिकाका नागरिकले छ सय ७६ पिन्ट रगत प्रयोग गरेका छन् । रगतको खपत बढ्दै गएपछि रेडक्रसले रेडसेल (रातो रक्तकोष), डब्लुबिसी (सेतो रक्तकोष) र प्लेटलेस छुट्याउने मेसिन ल्याउने योजना बनाएको छ । “रगतको माग दिनप्रतिदिन बढ्दै गएको छ, रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक छ”, नेपाल रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले भन्नुभयो, “यसका लागि कम्पोनेन्ट सेटअप मेसिनको आवश्यक पर्छ, त्यसैका लागि हामी लागेका छौँ ।”

    उहाँले रेडक्रसलाई बलियो बनाउने सवालमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । विसं २०६६ मा आकस्मिकरूपमा रगत उपलब्ध गराउने गरी सुरु गरिएको रक्तसञ्चार केन्द्रले सुरुका दिनमा महिनामा फाट्टफुट्ट रगत उपलब्ध गराउने गरेको थियो । “अस्पतालमा सेवा विस्तारसँगै रगतको माग बढ्दै गएको छ”, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति जगदीश्वर पण्डितले भन्नुभयो, “दुई हजार तीन सय ६९ पिन्ट रगत उपलब्ध गराउनु भनेको सामान्य कुरा होइन, रक्तसञ्चार केन्द्रलाई अझ भरपर्दाे बनाउन जरुरी छ ।” उहाँले रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक भएकाले यसका लागि यस क्षेत्रका राजनीतिक दलका नेता र जनप्रतिनिधिले चासो देखाउन जरुरी छ भन्नुभयो ।

    “रेडक्रसले सहुलियत दरमा रगत परीक्षण गर्ने गरेको छ भने दाँतका रोगीलाई उपचारमा सहज होस् भनेर डेन्टल क्लिनिक सञ्चालन गरेको थियो तर डाक्टर नपाएपछि हाल बन्द भएको छ”, उहाँले भन्नुभयो, “रक्तसञ्चारका कर्मचारीलाई पारिश्रमिक दिन पनि रेडक्रसको आम्दानी बढाउन जरुरी छ, यसका लागि आम्दानीको स्रोत खोज्दै आएको छौँ ।” अहिले रेडक्रसमा पाँच प्राविधिक, एक प्रशासनतर्फ गरी छ कर्मचारी कार्यरत छन् । रेडक्रसले नियमितरूपमा रक्तादानका कार्यक्रममार्पmत रगत सङ्कलन गर्दै आएको छ । यस क्षेत्रमा भजनीका टङ्क जोशीले पिताको सम्झनामा रहेक वर्ष सयौँ पिन्ट रक्तदान कार्यक्रम गर्दै आउनुभएको छ ।

    त्यसैगरी सन्त निरंकारी मण्डल, राजनीतिक दल र तिनका भातृ सङ्गठन, रेडक्रसका उपशाखा, जेसिजका संस्था, मानव धर्म सेवा समिति, विभिन्न विद्यालयलगायतका संस्थाले बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् । “रगत सङ्कलन गर्ने र वितरण गर्ने गरिएको भए पनि अझै अधिकांशमा रक्तदानको महत्वबारे ज्ञान छैन”, रक्तसञ्चार केन्द्रका संस्थापक संयोजक भुवनेश्वर अधिकारीले भन्नुभयो, “आकस्मिक सेवा सुरु गर्दा व्यापारिक पसल–पसलमा गएर रक्तदान गर्न आग्रह गर्दै कार्यक्रम गरेका हौँ ।”

    उहाँले स्थापनाकालमा बजेट अभाव र चेतनाको पनि अभाव भएका कारण रगत सङ्कलन र वितरण काम धेरै कठिन थियो भन्नुभयो । “अहिले विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्दा रगत सङ्कलनमा सहज भएको छ”, उहाँले भन्नुभयो, “मानवतासँग जोडिएको विषय हो रगत, त्यसैले रक्तसञ्चार केन्द्रलाई आवश्यक पर्ने मेसिन ल्याउने विषयमा जनप्रतिनिधिले बढी चासो दिन जरुरी छ ।” रासस 

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.