• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सेवाग्राहीको चाप, कर्मचारी अभाव

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् । यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिनुभयो । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उहाँको भनाइ थियो ।

    अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताउनुभयो । उहाँका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलता सिर्जना भएको छ । “एक त दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन सकेको छैन, अर्कातर्फ अस्थायी कर्मचारीको पनि करार थप भएको छैन”, प्रमुख केसीले भन्नुभयो, “यही अवस्था रहिरहे सेवा प्रवाहमा समस्या आउन सक्छ ।”

    पटक–पटक माग गर्दा पनि प्रदेश सरकारले कर्मचारीको प्रबन्ध गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । थप पाँच÷छ जना खरिदार तथा सुब्बासरहका कर्मचारी र केही कार्यालय सहयोगी भए सेवा प्रवाहमा सहजता थपिने प्रमुख केसीले उल्लेख गर्नुभयो । “हामीले धेरै माग गरेका छैनौँ, पाँच÷छ कर्मचारी सरुवा गरेर पठाइदिनुस् भनेका छौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो । सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन नसकेको बताउनुभयो ।

    “यातायात कार्यालय सेवाग्राहीको चाप हुने ठाउँ हो, प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिएर कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अस्थायी÷करारमा कर्मचारी नियुक्त गर्ने विषयमा छिटो निर्णय गरेमा सहज हुने थियो ।” प्रमुख रिजालका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् । एक वर्षमा एक लाख ९० हजार बढीले सेवा लिएका कार्यालयले जनाएको छ । “चैत र असार मसान्तको समयमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारले सेवा दिएको तथ्याङ्क छ”, उहाँले भन्नुभयो ।

    बागलुङस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले कर्मचारी अभावका कारण अतिरक्त समयमासमेत सेवा दिने गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालयमा रहेका चार अस्थायी कर्मचारीको करार अवधि सकिएपछि नयाँ नियुक्ती हुन सकेको छैन । अहिले १९ जनाको दरबन्दी रहेकामा १२ कर्मचारी कार्यरत रहेका उहाँले जानकारी दिनुभयो । “चारपाङ्गे सवारी चालक अनुमतिपत्रको परीक्षा पनि बागलुङबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ”, थापाले भन्नुभयो, “सेवा थप भएसँगै कर्मचारी पनि थप गर्नुपर्ने हुन्छ ।”

    उहाँका अनुसार अहिले दैनिक तीन सय सेवाग्राही आउने गरेका छन् । गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयमा कर्मचारी अभाव रहे पनि सेवा नरोकिएको बताउनुभयो । “दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाई भएको छ । कर्मचारीको नियुक्ती र पदस्थापनको काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने हो”, उहाँले भन्नुभयो, “अस्थायी नियुक्ती पनि प्रक्रियामा छ, निर्णय भएर आइसकेको छैन ।”

    प्रवक्ता पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालय र निकायमा दरबन्दी अनुसार कर्मचारी पदपूर्तिका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार न्यून जनशक्ति हुँदा पनि कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र)ले बिहानी सेवा पनि दिइरहेको छ । राजस्व, बायोमेट्रिक, लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बिहान ८ बजेदेखि सुरु हुने कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले जानकारी दिनुभयो । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले बिहानैदेखि सेवा दिन थालेको उहाँको भनाइ थियो । उहाँका अनुसार करिब ३० प्रतिशत सेवाग्राहीले दस बजेअघि नै सेवा लिइसक्छन् ।

    घण्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ । राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को प्रयोगात्मक परीक्षा ‘ट्रायल’ सम्मका सेवा बिहानैदेखि सुरु गरिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । “बिहान ८ बजेदेखि सेवामा जुटिसक्छौँ, कार्यालय खुल्दा बाहिर सेवाग्राहीको चहलपहल बढीसक्छ”, उहाँले भन्नुभयो, “पहिले १० बजे कार्यालय खुल्दा १२ बजेसम्म सेवाग्राहीको धेरै चाप हुन्थ्यो, अहिले १० बजे करिब ३० प्रतिशत काम भइसक्छ ।” कार्यालयले लाइसेन्स नवीकरणका लागि अनलाइन भुक्तानी सेवा पनि सुरु जानकारी दिँदै प्रवक्ता पौडेलले यातायात कार्यालयको छवि सुधार्ने गरी व्यवस्थापकीय सुधारदेखि सेवामा स्तरीकरणको पहल थालिएको बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.