• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रामपुर (पाल्पा) । गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित हुनुहुन्छ । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार भएको बताउनुहुन्छ । “उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन ।” उहाँ बिरामी भएका बखत पनि धेरै पटक स्वास्थ्य संस्थामा आउने जाने समस्याले उपचार नगरिकन बस्नुभयो । बुढ्यौली लागेको शरीर, त्यसैमाथि बिरामी परेपछि हिँडेर स्वास्थ्य संस्थामा जाने तागत नहँुदा धेरै पटक घरमै तातोपानीको भरमा बस्नुपरेको अनुभव सुुनाउनुभयो । हिजोआज गाउँमै निःशुल्क स्वास्थ्योपचार, औषधि सेवा पाउँदा दम, खोकी, रिङ्गटा लाग्नेजस्ता रोगबाट लडेर बस्नु नपरेको उहाँ बताउनुहुन्छ । वर्षायामका बेला ग्रामीण सडक ठाउँ–ठाउँमा बन्द हुँदा घण्टौँ समय लगाएर हिँडेर सम्बन्धित कार्यालयमा पुगेर सेवा लिन अप्ठ्यारो परेकाले गाउँबाटै सबै सेवा पाउँदा ७० वर्षीया मनकुमारी विक खुसी हुनुहुन्छ । “हामी पढाइलेखाइ नभएका ज्येष्ठ नागरिकलाई कति बेला भत्ता बुझ्ने कागजपत्र नवीकरण गर्ने केही थाहा हुँदैन, वडा कार्यालयबाट समय भएपछि आफैँ बुझेर आएर सबै काम गरिदिनुभएको छ, भक्ता बुझ्ने समय मात्रै बैंकमा जाने गरिएको छ, स्वास्थ्य जाँच गरेर औषधि ल्याएर नियमित सेवन गर्न थालिएको छ”, उहाँले भन्नुभयो । गाउँमा बेला–बेलामा स्वास्थ्य परीक्षण, औषधि वितरण हुने भएपछि टाउको दुखेका, ज्वरो आएको, रुघाखोकी, दम, झाडापखला, सुगर, प्रेसरजस्ता रोग नियमित परीक्षण गराउन थालेको मनकुमारीले बताउनुभयो । ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा गाउँगाउँमा दिन थालेपछि नियमित स्वास्थ्य जाँच गराउने, आफ्ना समस्या स्वास्थ्यकर्मीसमक्ष राख्ने, नियमित औषधि सेवन गर्न थालेका छन् । यस कार्यले ज्येष्ठ नागरिक आफ्नो स्वास्थ्यप्रति पहिलाभन्दा धेरै सहज हुन थालेका छन् । ज्येष्ठ नागरिक शारीरिकरुपमा अशक्त हुन्छन्, ढल्कँदो उमेरमा गाउँमै पुगेर सेवा दिनु स्थानीय सरकारको दायित्व भएकाले सोहीअनुसार दुर्गम, विकट, अपायक पर्ने स्थानमा पुगेर विविध सेवा दिने गरेको रामपुर–२ का वडाध्यक्ष कृष्णबहादुर दर्जी बताउनुहुन्छ । स्वास्थ्योपचार, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायतका सेवा लिन वडाकै स्वास्थ्य संस्था तथा वडा कार्यालयमा आवतजावत गर्न सहज छैन । उमेरले बुढ्यौलीमा टेकेका ज्येष्ठ नागरिकलाई वर्षायामका बेला गाउँका कच्ची सडक भत्कने, पहिरो खस्ने समस्याले यात्रा गर्न कठिन छ । यस परिवेशमा कार्यालयले दुर्गम, विकट ठाउँमा गाउँघरमा नै पुगेर सेवा दिन थालेपछि ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचार, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायतका विभिन्न सेवा लिन सम्बन्धित संस्थामा घण्टौँ समय खर्चेर जानु नपरेको रामपुर २ का वडा सचिव वासुदेव ढकालले बताउनुभयो । रामपुर नगरपालिकाले वडाभित्रका दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकलाई गाउँमै पुगेर सेवा दिन थालेपछि धेरै सजिलो भएको छ । सम्बन्धित वडाका कर्मचारी, जनप्रतिनिधिले समय समयमा नै वडा कार्यालय तथा नगरपालिका कार्यालयको पहुँचमा नभएका, आउनजान निकै झमेला गर्नुपर्ने, सडक सहज नभएका ठाउँमा घरदैलो सेवा दिने गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । दुर्गम भेगमा परेका बस्ती, टोलमा बेला–बेलामा घुम्ती शिविर आयोजना गरेर ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, अपाङ्गता परिचय नयाँ दर्ता तथा नवीकरण, कृषि तथा पशु स्वास्थ्य शिविरलगायतका विभिन्न सेवा प्रवाह भइरहेको नगर प्रमुख थापाले बताउनुभयो । घुम्ती शिविरले अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता, बालबालिकालगायतका व्यक्तिलाई धेरै सहज बनाएको छ । रामपुर नगरपालिकाको कार्यालय, वडा कार्यालयमा एक दिनको समय बिताएर सेवा लिन बाध्य नागरिकलाई गाउँ–गाउँमा हुने घुम्ती सेवा शिविरले धेरै राहत पुर्याएको छ । गाउँमै सेवा पाइने भएपछि समय बचत, सम्बन्धित कार्यालयमा सेवा लिन आवतजावत गर्दा यातायात खर्चलगायतका विभिन्न समस्या बेहोर्नु नपरेपछि स्थानीयले घुम्ती सेवा शिविरमार्फत धेरै लाभ लिन पाउने छन् । घुम्ती सेवा शिविरमा स्थानीयको आकर्षण बढ्दो छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.