• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर महानगरपालिका र चीनको सिगात्से सिटीबीच दुई पक्षिय हितमा काम गर्ने सहमति  

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिगात्से । भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेको सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबीच दुई सहर बीच एक आपसमा सहयोग आदन–प्रदान गर्दै दुई सहरका जनताको बीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको छ । मंगलबार एक कार्यक्रमका बीच सो सहमति भएको हो ।

    तिब्बत प्रान्तको दोस्रो ठूलोे हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डल बीच प्रविधि आदान–प्रदान कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबीच सहमती भएको हो ।

    सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले सिगात्से सिटीको न्यानो माया र आतिथ्यताप्रति खुसी व्यक्त गर्दै भरतपुर महानगरपालिकाको संक्षिप्त परिचय जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको बताउँदै सिगात्से सरकार र यहॉका व्यवसायीहरूलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गर्नुभयो ।

    प्रमुख दाहालले सिगात्सेको चौतर्फी विकास लोभलाग्दो रहेको भन्दै मेयर वाड्ग फड्ग हुड्गलाई धन्यवाद दिदै अर्को पटक सिगात्से आउँदा सिगात्सेको समग्र विकास हेर्ने आशा रहेको भन्दै सिगात्से सिटीका नागरिकको मन जितेर अगाडि बढ्न शुभकामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विषेश कार्यक्रम गरी मनाउन लागेको भन्दै भरतपुर भ्रमण वर्षमा सहभागि हुन मेयर वाड्ग उहॉको टिम र उहॉमार्फत सिगात्सेवासीलाई निमन्त्रणा गर्नुभएको थियो ।

    सो अवसरमा सिगात्से सिटीका प्रमुख वाड्गले प्रमुख दाहालसहित भरतपुरको प्रतिनिधि मण्डललाई सिगात्सेमा स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताउदै भरतपुर र सिगात्से सहरको सम्बन्धलाई जनस्तरमा देखिने गरी स्वागत गर्न आफुहरू सधै तयार रहेको भन्दै कोभिड–१९ को महामारीको समयमा पनि भरतपुरका नागिरकहरूको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रधान गरेर सानै भए पनि सहयोग पु¥याएको स्मरण गर्नुभयो ।

    सो अवसरमा प्रमुख वाड्गले नेपाल र तिब्वत क्षेत्रसँग व्यवस्थित सडक र रेल सञ्जालमार्फत जोडेर दुई देशले लाभ लिने गरी चीन सरकारले आयोजना अगाडि बढाउन पहल गरिरको बताउँदै त्यसका लागि नेपाल सरकारको ध्यानआकर्षण गरिदिन मेयर दाहालमार्फत आग्रह गर्नभयो । सिगात्सेको पशुपालन व्यवसाय प्रवर्दनका लागि भरतपुरले साईलेज उद्योग सञ्चालन गर्न सहयोग पु¥याएर ठूलो सहयोग गरेको भरतपुरको घॉस अहिले सिगात्सेको कृषि फार्मका याक चौरी भेडा लगायतका लागि पौष्टिक आहारको रूपमा खपत भईरहेको बताउनुभयो ।

    चीन नेपालको असल छिमेकी भएको स्मरण गर्दै प्रमुख वाड्गले सिगात्से सरकार भरतपुरमा आधुनिक प्रणालीमा कृषि क्षेत्रमा लगानी गर्न ईच्छुक रहेको बताउदै सन २०२४ मा हुने भरतपुर भ्रमण वर्षलाई सफल पार्न सक्दो सहयोग गर्ने बताउँदै समय मिलाएर आफु भरतपुरको भ्रमण गर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर र सिगात्से बीच कायम रहेको भगिनी सम्बन्धलाई दुई पक्षिय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउदै लैजानु पर्ने बताउनुभयो ।

    सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सिगात्से सहरको भ्रमणले दुई सहर बीचको पारस्परिक विश्वासमा थप टेवा पु¥याएको भन्दै न्यानो आतिथ्यताका लागि सिगात्से सरकार र सिगात्से सिटीका नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको ८ सदस्यी प्रतिनिधि मण्डलले सिगात्से सहरका ऐतिहासिक एवम् पुरातात्विक महत्वका क्षेत्रको अवलोकन, सडक सञ्जाल हरियाली प्रवर्दनका साथै औद्योगिक क्षेत्र र भरतपुरको साईलेज घाँसमार्फत पशुपालन गरिएको ऐभरेष्ट ऐग्रो फार्मको अवलोकन गरेको भ्रमणमा सहभागी भरतपुर महानगरपालिकाका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।

    भ्रमण टोलीले तिब्बत प्रान्त अन्तर्गतका सरकार प्रमुहरूसँग उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.