• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दङ्ग

  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलकोट । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आउनुभएका पुन अहिले लिफ्टमार्फत गाउँमुनिको पानी घरमै आएपछि दङ्ग हुनुहुन्छ । “बर्खामा घर माथिको समुदायिक धारामा दिनको दुई घण्टा पानी आउँथ्यो, हिउँदमा घर नजिकैको कुवामा पानी लिन जानुपर्दथ्यो”, पुनले भन्नुभयो, “एक महिना भयो घरमै खानेपानीको धारा आएको छ, २४ सै घण्टा धारामा पानी खस्दा दैनिकी बद्लिएको छ, अहिले पानीका लागि समय छुट्टाउन पर्दैन ।”

    बर्खामा सामुदायिक धारा प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीय अहिले गाउँमुनिको पानी घर–घरमै आउन थालेपछि खुसी भएका छन् । स्रोत अभावका कारण लामो समयदेखि खानेपानीको सङ्कट भोग्दै आएका यहाँका ३९ घरमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले लिफ्टमार्फत खानेपानी पुर्‍याएको हो । छ सय ६० मिटर तलको झाँक्रिस्थानको मूलबाट उक्त पानीलाई गाउँमाथि पुर्‍याएर वितरण गरिएको नेवा कार्यक्रमका अधिकृत विनोद कोइरालाले बताउनुभयो । विसं २०७२ सालको भूकम्पपछि यहाँका खानेपानीको मुहान सुकेपछि खानेपानीको समस्या हुँदै आएको थियो । लिफ्टमार्फत घर–घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको स्थानीयले बताएका छन् ।

    बस्ती भन्दा छ सय ६० मिटर तल रहेको मुलको पानी माथिसम्म आउला भनेर कल्पना नै नगरेको स्थानीय मीना पुनले बताउनुभयो । “खानेपानीको निकै दुःख थियो, एक गाग्री पानीका लागि एक घण्टा समय लाग्थ्यो । कुवामा अबेर गए पानी नभएर फर्कनु पथ्र्यो”, उहाँले भन्नुभयो, “पछि सामुदायिक धारा बनेपनि बर्खामा मात्रै पानी आउँथ्यो ।” हिउँदमा मूल सुकेर पानी आउन छोडेपछि नेवाको सहयोगमा खानेपानीको समस्या समाधान भएको उहाँको भनाइ थियो ।

    जिल्लाका १७ स्थानमा नेवाले आयोजना सञ्चालन गरिरहेको भन्दै ‘एक घर एक धारा’ अभियानअन्तर्गत जैमिनी–१० को भेडिर्खकामा लिफ्टमार्फत खानेपानी पुर्‍याइएको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जिआई पाइपमार्फत दुई ठाउँमा मोटर जोडेर बस्तीमा पानी ल्याइएको हो । “पानीको स्रोत नभएका स्थानमा मात्रै लिफ्ट आयोजना सञ्चालन गरिएको छ । यो धेरै खर्चिलो प्रविधि भएकाले स्रोत भएका स्थानमा आयोजना सञ्चालन गरेका छैनौँ”, कोइरालाले भन्नुभयो, “भेडिखर्कमा पुराना मूल सुकेर खानेपानीको सङ्कट हुन थालेपछि लिफ्टमार्फत खानेपानी ल्याएका हौँ ।” उहाँका अनुसार रू ८३ लाख ४६ हजार लागतमा खानेपानी पुर्‍याइएको हो ।

    जैमिनी नगरपालिकाको रू १४ लाख ९८ हजार, नेवाको रू ५९ लाख ९० हजार, रू सात लाख २० हजार बराबरको स्थानीयको श्रमदान र स्थानीय उपभोक्ता समितिको रू एक लाख २४ हजार लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको कोइरालाले जानकारी दिनुभयो । अहिले दैनिक दुई घण्टा लिफ्ट आयोजनाबाट पानी तान्दा ३९ घरमा २४ घण्टै खानेपानी पुगेको खानेपानी आयोजनाका व्यवस्थापनक शेरबहादुर विकले जानकारी दिनुभयो । उहाँले हिँउदको समयमा भने दिनको दुई पटक पानी तान्नुपर्ने बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.