• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

स्वास्थ्य बीमामा आकर्षण : भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन । स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन् ।

    अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । विगतमा दैनिक एक हजार पाँच सय मात्रै बिरामी आउने गरकोमा पछिल्ला दिनहरूमा यो सङ्ख्या बढ्दै गएको छ । निजी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार नपाइने भएपछि बिरामी यही आउने गरेका छन् । उहाँले भन्नुभयो, “भरतपुर अस्पताल पुरानो, विश्वासिलो र यहाँ विशेषज्ञ चिकित्सकीय सेवा पाइने भएकाले बिरामी सेवाप्रति आकर्षित भएका हुन् ।”

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालका सबै स्वास्थ्यकर्मी, कर्मचारी र विशेष गरेर बीमा शाखामा कार्यरत कर्मचारीबाट भएका मेहिनतका कारण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बिरामीको आकर्षण बढ्नुमा सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्त्वपूर्ण छ ।” उहाँले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी भुक्तानीमा समस्या नभएको बताउनुभयो । बीमामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको उहाँको भनाइ छ ।

    उहाँले सकेसम्म बिरामीलाई कसरी सहजता दिलाउन सकिन्छ भनेर आफूहरू लागि परेको बताउनुभयो । अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालमा आउने बिरामीको सङ्ख्या यहाँको सेवामा सुधार भएसँगै बढ्दो क्रममा रहेको बताउनुभयो । बिरामी बढेपछि अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको भन्दै उहाँँ भन्नुहुन्छ, “हामीसँग कम जनशक्ति र उपकरण सीमित हुँदा बिरामीलाई भनेको समयमा सेवा दिन पाइरहेका छैनौँ ।”

    अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन र आवश्यक उपकरण खरिद गर्नुपर्ने देखिएपछि अस्पतालले पहिलोपटक वार्षिक कार्ययोजना बनाएको उहाँले जानकारी दिनुभयो । “कार्ययोजनामा बिरामी र चिकित्सक–नर्स र कर्मचारीकोे अनुपात मिलाउनेदेखि आवश्यक उपकरण खरिदसम्मको योजना बनाइएको छ”, अध्यक्ष पौडेलको भनाइ छ । उहाँले हालसालै केन्द्र सरकारसँग पहल गरी एमआरआई मेसिन खरिद सुनिश्चित गरिएको, अस्पतालमा पुराना मेसिनहरु मर्मत गरिएको, नयाँ केही मेसिन थपिएको तथा केही थपिने क्रममा रहेको, प्रयोगशाला रिपोर्टहरु छिट्टै दिने व्यवस्थाजस्ता सुधारका काम गरिएको बताउनुभयो ।

    उहाँका अनुसार अस्पतालको भौतिक पक्ष मात्रै नभई कर्मचारी व्यवस्थापन र सेवा सुविधामा पनि जोड दिइएको छ । अतिरिक्त समयमा सेवा दिने कर्मचारीलाई ४० प्रतिशतसम्म भत्ताको व्यवस्था गर्नुका साथै बीमा बोर्डबाट आउने रकममध्ये १० प्रतिशत अस्पताल विकास समिति र सरकारी कर्मचारीले पाउने गरी निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.