• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

महिला तथा दलित जनप्रतिनिधि गुनासो, ‘योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् ’

  •   आइतबार, साउन २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ ।  स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्षा राईले वडामा आउने हरेक योजनामा वडाध्यक्षले आफूखुसी योजना निर्माण तथा बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । “फरक पार्टीबाट जितेको भएर हो वा अन्य कुनै कारणले हो ।

    हामी महिला तथा दलित महिला सदस्यलाई योजना छनोट र बजेट विनियोजनमा उहाँ (वडाध्यक्षज्यू)ले सहभागी गराउनुहुन्न ।” स्थानीय तहका पुरुष जनप्रतिनिधिमा विभेदकारी स्वभाव अझै बाँकी रहेकाले आफूहरूमाथि अन्याय भएको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका पूर्ववडा सदस्य एवं एमालेकी नेतृ पुण्यकुमारी मगरले बताउनुभयो । “म विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला वडा सदस्य हुँ । निर्वाचनपछि गाउँपालिकामा गठन गरिएको कार्यपालिकाको सदस्य भएरसमेत काम गरेको अनुभव छ”, उहाँले भन्नुभयो, “म हरेक समय सामाजिक काममै बिताउने गरेकी छु ।

    अघिल्लो कार्यकालमा काम गरेका जनप्रतिनिधिसँग केही न केही अनुभव हुन्छ । महिला भएकै कारणले हो वा अन्य कुनै कारण । अहिलेसम्म एकपटक पनि वर्तमान जनप्रतिनिधिले गाउँपालिकामा सञ्चालन हुने विकासे योजनाका बारेमा छलफल गराएको छैन ।” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडासदस्य शशिकला राईले महिला तथा दलित महिला सदस्यले आफ्नो हक अधिकारसँगै हरेक काममा समानता खोज्न जरुरी रहेको बताउनुभयो । “हामी हाम्रो हक तथा अधिकारका लागि एक्ला–एक्लै दौडिरहेका छौँ । हाम्रो एकता नभइ त्यो सम्भव छैन”, उहाँले भन्नुभयो, “आगामी दिनमा सबैले एउटै आवाज बुलन्द गर्नुपर्ने अवस्था आएको छ ।

    अनिमात्र संविधानमा उल्लेख भएको समानता, समावेशीकरण र सहअस्तित्व कायम हुन्छ ।” अन्तक्र्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट निर्वाचित १० महिला तथा दलित महिला वडासदस्य सहभागी भएका थिए । उनीहरू सबैको एउटै आवाज थियो, “हामीलाई पुरुष जनप्रतिनिधिले योजना निर्माण तथा बजेट विनियोजनमा सहभागी नगराई विभेदकारी व्यवहार गर्दै आएका छन् ।” दलित महिला केन्द्र नेपालले ‘सी लिड्स’ महिला नेतृत्व कार्यक्रमअन्तर्गत ‘राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी व्यवस्थापन र कार्यान्वयनमा अन्तर’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।

    जिल्लास्थित राजनीतिक दल र स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला सदस्य, पत्रकारलगायतको सहभागिता रहेको अन्तक्र्रियामा संविधानसभा सदस्यद्धय पर्शुराम रम्तेल र दुर्गाजयन्ती राईले सहजीकरण गर्नुभएको थियो । अन्तक्र्रिया कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश समिति सदस्य टङ्क थापाले अहिले महिला, दलित, जनजातिलगायत जति पनि पछाडि पारिएका व्यक्ति तथा समुदायले प्राप्त गरेका उपलब्धि माओवादीले गरेको दशवर्षे जनयुद्धको जगबाट सम्भव भएको दाबी गर्नुभएको छ ।

    “मुलुकमा जति पनि प्रगतिशील उपलब्धि छन् ती सबै माओवादीका कारण प्राप्त भएका हुन् । यसलाई संस्थागत हुन नदिन विभिन्न षड्यन्त्र सुरु भएको छ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिलाई संस्थागत गर्न फेरि पनि एकपटक एकताबद्ध हुनुपर्ने अवस्था आएको छ । अन्यथा पहिलेकै अवस्थामा देश पुग्नेवाला छ । त्यसैले बेलैमा सबै सजग हुनुपर्यो ।” जनता समाजवादी पार्टी (जसपा)का युवा नेता अञ्जिल राईले आफ्नो पार्टीले उत्पीडनमा परेका हरेक समुदायको पक्षमा बोलिरहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका जिल्ला सदस्य शिवकुमार भट्टराईले आफूहरू पनि राज्यले लिएको समानुपातिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्ने अभ्यासमा रहेको जानकारी दिनुभयो ।

    दलित महिला केन्द्र नेपालका अध्यक्ष दुलारी हरिजानको समेत उपस्थिति थियो । स्वीस सरकार विकास सहयोग कार्यक्रम (एसडिसी), अष्टे«लियन एड र माण्डवीको आर्थिक सहयोगमा सञ्चालित ‘सी लिड्स’ महिला नेतृत्व कार्यक्रम जिल्लाका दुई नगरपालिकासहित आठ स्थानीय तहमा सञ्चालन भइरहेको परियोजनाका जिल्ला कार्यक्रम संयोजक इन्दु राईले जानकारी दिनुभएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.