• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा

  •   बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६–५९७००३ मा फोन गरेर ‘रिङ्गटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ । यो सेवाअन्तर्गत रोग र उपचारसम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मी र चिकित्सकसँग परामर्श लिन सकिने उहाँले बताउनुभयो ।

    अर्काे महिनादेखि भिडियोबाट समेत सेवा दिने योजना अस्पतालले बनाएको उहाँले जानकारी दिनुभयो । यो सेवाअन्तर्गत रोग, उपचार र अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी परामर्श लिन सकिने उहाँको भनाइ छ । सामान्य समस्या लिएर अस्पतालसम्म बिरामी आउन नपरोस् भन्नका लागि सेवा सुरु गरिएको पौडेलले बताउनुभयो । यसको प्रभावकारितालाई हेरेर सेवा विस्तार गरिनेछ । अस्पतालले फोनबाटै औषधिसम्बन्धी जानकारीसमेत दिन सुरु गरेको छ ।

    पौडेलका अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म यो सेवा दिन सुरु गरिएको छ । उहाँका अनुसार औषधिसम्बन्धी साधारण परामर्शका लागि ९८०९१८१३०० वा ०५६–५९७००३ मा फोन गरी १६६ मा डायल गर्न सकिनेछ । बिरामीले औषधिसम्बन्धी जिज्ञासा वा जानकारी फोनबाट लिन पाउने भएपछि सानातिना समस्याका लागि अस्पताल धाउन नपर्ने उहाँले बताउनुभयो । अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार घरमा वृद्धवृद्धा मात्रै भएका ठाउँमा औषधि सेवनमा समस्या आउने गरेको छ ।

    ज्येष्ठ नागरिकहरुले एकैजनाले धेरैथरी औषधि खानुपर्ने र छुट्याउन नसक्दा कतिपय थप समस्या लिएरसमेत अस्पताल आउने गरेको उहाँले बताउनुभयो । यो सेवाबाट पूरै समाधान नभए पनि केही हदसम्म सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “परिवारमा ज्येष्ठ नागरिक मात्र हुँदा औषधि खुवाउने विषयमा जान्ने बुझ्ने मान्छेले नियमित परामर्श दिन जरुरी छ ।” कतिपयले एउटै औषधि दुई पटक खाने, कुनै समय औषधि खान भुल्नेजस्ता समस्याले रोग बल्झने गरेको चिकित्सकहरु बताउँछन् ।

    वरिष्ठ फिजिसियन महेन्द्र अग्रहरीले छोराछोरी विदेशमा रहेर वृद्ध बाबुआमा मात्रै यहाँ भएकामा औषधिको धेरै समस्या आउने गरेको बताउनुभयो । तोकिएको मात्राअनुसार औषधि नखाँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.