भरतपुर । दोस्रो आनन्द गुरुङ स्मृति अन्तर कलेज फुटबलको उपाधि आईएसएमटीले जितेको छ । फाइनलमा अक्सफर्ड कलेजलाई हराउँदै आईएसएमटी च्याम्पियन बनेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आईएसएमटीले अक्सफर्डलाई १-० ले पराजित गर्यो । उपाधिसँगै आईएसएमटीले ३९ हजार रुपैयाँ जितेको छ ।
उपविजेतामा सिमित अक्सफर्डले २४ हजार ९९९ रुपैयाँमा चित्त बुझाएको छ । भाद्र ३ गतेदेखि भएको प्रतियोगितामा ३२ टोली सहभागी थिए ।








