नवलपुर । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयललाई क्वारेन्टाइन बनाइएको छ । बिहिवार देवचुली नगरपालिकामा बसेको नगर स्तररिय बैठकले देवचुली नगरपालिका १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई १ सय शैयाको क्वारेन्टाइनमा परिणत गरिएको हो ।
भारत संगै अन्य मुलुक भएर आएकाहरुलाई उचित किसिमको क्वारेन्टाइनमा राख्नुपर्ने हुदा चिकित्सालय क्वारेन्टाइनका लागि उचित रहेको भन्दै उक्त अस्पतालमा क्वारेन्टाइन निर्माण गरिएको देवचुली नगरपालिका प्रमुख कार्यकारी विष्णु भुषालले जानकारी गराउनुभयो । “बाहिरी मुलुकबाट आउनेलाई उचित किसिमको क्वारेन्टाइनमा राख्नु पर्ने देखिएकोले हामिले सामुसदायिक प्राकृतिक चिकित्सालयलाई उचित मान्यौ र अहिले क्वारेन्टाइनमा परिणत गराएका छौ” भुषालले भन्नुभयो ।
आजै चिकित्सालयमा गोर्खाबाट देवचुली आएका १२ जनालाई चिकित्सालयमा लैजाने तयारी रहेको भुषालले बताउनुभयो । यता भौतिक व्यवस्थापनको तयारीमा आफुहरु रहेको सामुदायिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । “अहिले चिकित्सालयमा उपचार गराउदै आएका विरामीहरु पनि नरहेको र यो चिकित्सालय सरकारकै भएको हुदा देशमा विपतको समयमा आफुहरुले पनि सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले सामुदायिक प्राकृतिक चिकित्सालय व्यवस्थापन समितिले क्वारेन्टाइनका लागि भौतिक सुविधा उपलब्ध गराउने निर्णय गरिएको हो र सोहि अनुसार हामिकहा १ सय जना र आवस्यक परे सो भन्दा बढिलाई पनि क्वारेन्टाइनको सुविधा दिने छौँ” व्यवस्थापक सापकोटाले बताउनभयो ।
प्राकृतिक पद्धतीद्धारा उपचाररत विरामीहरु आफ्नो घर गइ सकेकाले चिकित्सालयमा क्वारेन्टाइन निर्माण भएको हो । चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार अहिले देवचुली नगरपालिकाका स्थानियहरुलाई सुविधा दिने र आवस्यक परे जिल्लाका लागि पनि क्वारेन्टाइन सुविधा उपलब्ध गराउने बताए ।
देवचुली नगरपालिका भित्र यदि विदेशबाट कोहि आएमा उक्त व्यक्तिलाई प्राकृतिक चिकित्सालयमा निश्चित समयमा लागि क्वारेन्टाइनमा राखिने छ । अहिले देवचुली नगरपालिका भित्र हरेक वडामा क्वारेन्टाइन निर्माण समेत गरिएको छ । यस अघि चिकित्सालयमा क्वारेन्टाइन निर्माण नहुदा वडामा तयार बनाइएको क्वारेन्टाइनमा बस्दै आएका छन ।








