काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । एसिया कप क्रिकेटका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज बिहान पाकिस्तान उडेका हुन्।
लामिछाने कतारको दोहा हुँदै पाकिस्तान पुग्ने बताइएको छ । काठमाडौं जिल्ला अदालतमा उनीविरुद्धको मुद्दा विचाराधिन रहेकाले अन्तिम सुनुवाइ कुरेर बसेका उनी मुद्दा हेर्न नभ्याइनेमा परेपछि पाकिस्तान प्रस्थान गरेका हुन् ।
उनको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ ।








