चितवन । जलमग्न बनेको भरतपुर महानगर क्षेत्रको पानी निकासका लागि काम सुरु भएको छ । भरतपुर महानगरकी मेयर रेनु दाहालको निर्देशनसगैँ यहाँ जलमग्न क्षेत्रमा तत्काल ढल निकास गर्न गृहकार्य सुरु भएको हो । तत्कालिन अवस्थामा ढल निकास नगरिकन सडक तथा भौतिक संरचना निर्माण र नहर पुरिदाँ यहाँ जलमग्न भएको हो । जसका कारण धेरै जनता बर्षासगौ यो पटक धेरै सास्ती खेप्नुपर्यो । भरतपुर मेयर रेनु दाहाले विगतमा नहर भत्काउदाँ यस्तो समस्या भएको भन्दै अबका दिन महानगरमा ढल निकास विना कुनै संरचना निर्माण नहुने दावी पनि गर्नु भयो । उहाँले आज दुई वटा एक्साभेटर प्रयोग गरेर ढल निकासको काम भएको बताउनुभयो । साथै उहाँले क्रमिक रुपमा सबै डुबान परेको ठाँउको पानीको निकास निकाल्ने काम तीव्र रुपमा अगाडी बढेको बताउनुभयो । मेयर रेनुको निर्देशनसगैँ पहिलो चरणमा भरतपुर वडा न १०को दुरसन्चार देखि रिजाल चोक सम्मको काम सुरु नहर चोक अस्पताल चो दुरसन्चार पछाडी हुदै, रिजाल चोक सम्म तत्कालिन पुरिएको नारायणी लिफ्ट सिचाई नहर ब्युईताईएको छ । भने अब यो क्षेत्रको पानी रिजाल चोकबाट ड्रेन हुदै केरूगा घोल सम्म पुग्ने मेयर रेनु दाहालका सचिवालय सचिव गोपाल न्यौपानेले जानकारी दिनुभयो ।
नारायणी लिफ्ट सिंचाई आयोजनाको नहर अतिक्रमण गरेर घर तथा सडकहरु बनाइँदा भरतपुर ७, १०, ११ र १२ का अधिकांश भुभागहरु डुबानमा परेका हुन् । जस कारण अबिरल बर्षासगैँ परेको पानीले भरतपुर महानगरपालिकाका बिभिन्न स्थानहरु डुबानमा परेको थियो । अब महानगरले मिचिएको सबै नहरलाई पुरा नै अवस्था फर्काउने तयारी गरेको महानगरले जनाएको छ ।
मेयर रेनु दाहालको निर्देशनसगैँ जलमग्न बनेको भरतपुर महानगर क्षेत्रको ढल निकास गर्न सुरु
मेयर रेनु दाहालको निर्देशनसगैँ जलमग्न बनेको भरतपुर महानगर क्षेत्रको ढल निकास गर्न सुरु
- अ
- अ
- अ








