काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५१ हजार ६८८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५९ पुगेको छ ।








