• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चेतनाको अभावमा असुरक्षित गर्भतन

  •   शनिबार, असोज १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सरकारले कानुनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गरेको पाईन्छ । जसका कारण कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानुनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मन्जुरीमा सूचिकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ । प्रचलित कानुनले तोकेको परिधिमा रहेर गरिने गर्भपतन सेवालाई सुरक्षित गर्भपतन सेवा भनिन्छ । भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा। रामप्रसाद सापकोटा सुरक्षित गर्भपतन सेवामा गर्भपतनसँगै गर्भनिरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहना अनुसार गर्भनिरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचार समेत पर्ने बताउनुहुन्छ । सुरक्षित गर्भपतन सेवालाई सम्पूर्ण गर्भपतन सेवा पनि भन्ने गरिन्छ । कानुनी व्यवस्था अनुसार १२ हप्तासम्मको गर्भ र जबरजस्तीकरणी एवम् हाडनाताकरणीबाट रहन गएका १८ हप्तासम्मको गर्भ पतन गर्न पाईन्छ । गर्भपतन गराएमा महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलांग बच्चा जन्माउन सक्ने अवस्था भएमा योग्यताप्राप्त चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भ पतन गराउन पाईने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । गर्भवती महिलाको मन्जुरीबिना र लिंग पहिचान गरी लिंगको आधारमा भने गर्भपतन गराउन पाईदैन । सापकोटाको भनाईमा मुख्य रुपमा दुई तरिकाबाट गर्भपतन गराईन्छ । नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट र १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोगद्वारा सुरक्षित पतन गराउन सकिन्छ । उहाँले भन्नुभयो “महिलाले आफ्नो ईच्छा अनुसार दुई मध्ये कुनै एक विधि छनौट गर्न सक्छन् ।” गर्भको अवधि १२ हप्ताभन्दा माथि भएमा सम्बन्धित कम्तीमा दुई जना विषय विशेषज्ञको राय लिनु पर्दछ । हाडनाताकरणी र बलात्कारबाट रहन गएको गर्भको हकमा एक जना विषय विशेषज्ञको राय अनुसार महिलाको अनुमतिमा कानुनले तोकेको अवस्थामा मात्रै गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । मापदण्ड निर्धारण गरी सूचिकृत भएका चिकित्सकहरुबाट सूचिकृत गरिएको संस्थामा गएर गर्भपतन गराउन पाईन्छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा ५ हजार २ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये ८७९ जना २० वर्ष मुनिका छन् । यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा ४ हजार ६३६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये ४६४ जना २० वर्ष मुनिका छन् । यसैगरी आ।व। २०७४÷०५ मा यो संख्या ४ हजार ४८१ रहेको छ । त्यसवर्ष ३४६ जना २० वर्ष मुनिका थिए । विगतमाभन्दा सुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको तिवारी बताउनुहुन्छ । तर पनि असुरक्षित गर्भपतन गराउनेहरुको संख्या पनि ठूलो हुन सक्ने उहाँको आँकलन छ । अहिले कोरोना संक्रमणसँगै असुरक्षित गर्भपतन भयो की भन्ने चिन्ता आफूहरुलाई रहेको उहाँले बताउनुभयो । सामाजिक रुपमा हेरिने दृष्टिकोण, अवैध रुपमा रहेको गर्भ लगायतका कारण लुकिछिपी गर्भपतन गराउने गरेको पाईन्छ । डा।सापकोटा कानुनी मान्यता पाएको कारण निर्धक्कसँग सुरक्षित गर्भपतन सेवा लिन आग्रह गर्नुहुन्छ । उहाँले भन्नुभयो “गर्भपतन अपराध होइन, सुचिकृत संस्थाका तोकिएका चिकित्सकसँग मात्रै गर्भपतन गराउनु पर्छ ।” गर्भपतन सम्बन्धी कानुनी व्यवस्थाका बारेमा जनचेतना जगाउन सकेमा असुरक्षित गर्भपतनबाट अकालमा ज्यान गुमाउनेहरुको संख्या निकै कमी आउने उहाँको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.