चितवन । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहंँदा अन्य रोगको भय उत्तिकै रहेकाले भरतपुर महानगरपालिकाले शुक्रवारदेखि नारायणगढमा ‘सोडियम हाइपो क्लोराइड’ विषादी छर्न सुरु गरेको छ । गर्मीयाम बढेसंँगै अन्य रोगको व्याक्टेरिया, भाइरस फैलिन नदिन उक्त विधि अपनाइएको हो । आज बिहानै महानगरले नारायणगढको लायन्स चोकदेखि पुल्चोकसम्म विषादि छर्न सुरु गरेको महानगरका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए ।
“ठ्याक्कै यो कोरोना लक्षित विषादी त होइन,” उनले भने, “गर्मीलागेसंँगै अन्य रोगको रोकथामका लागि हो ।” उनका अनुसार शुक्रवार नारायणगढका मुख्य चोक, बसपार्क एवं फोहोर थुप्रने ठाउंँमा उक्त ब्लिचिङ पानी छर्किने भएको हो । कोराना रोकथामका लागि पनि भरतपुरका अस्पतालका क्षेत्रहरूमा डिसइन्फेक्सन सुरु गर्न लागिएको घिमिरेले जानकारी दिनु भयो ।
महानगरको अगुवाइमा ३ दिन अघिबाट अति संवेदनशील स्थानहरू अस्थायी कोरोना अस्पताल, भरतपुर अस्पताल, एम्बुलेन्स लगायतमा सोडियम क्लोराइड मिसाएर ब्लिच गरेको पानी छर्किंदै आए पनि शुक्रवारबाट नारायणगढका भीड हुने अन्य स्थानहरूमा पनि छर्किन थालेको हो । कोरोना संक्रमण अहिलेसम्म चितवनमा नदेखिए पनि भित्रिन नदिन उच्च सतर्कता अपनाइएको हो । महानगरले कोरोनासँगै अन्य रोग भित्रन नदिन सरोकारवालासँग सहकार्य गर्दै सरसफाइमा विशेष ध्यान दिँदै तथा मानिसहरूको भीडभाड हुन नदिन सतर्कतासमेत अपनाएको छ ।








