आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ट्राफिक प्रहरीलाई सडक सङ्केत सामाग्रीहरु हस्तान्तरण गरेको छ। बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्नका लागि गाउँपालिकाले ट्राफिकलाई सडक सङ्केत सामाग्रीहरु हस्तान्तरण गरेको हो। आँबुखेरेनीमा पछिल्लो समय बढ्दै गैरहेको सवारी चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रहरीलाई सडक सङ्केत सामाग्रीहरु सहयोग गरेको गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो। आँबुखैरेनी बजारको ट्राफिक व्यवस्थापन गर्नु गाउँपालिकाको पनि दायित्व भएको थापाले बताउनुभयो। यस्तै जिल्ला ट्राफिक प्रहरी प्रमुख रानाभाटले स्थानीय तहले सामाग्री प्रदान गरेपछि प्रहरीलाई काम गर्न हौसल्ला मिल्ने र सामाग्रीले ट्राफिक व्यवस्थापनमा सहजता आउने बताउनुभयो।









