चितवन । क्षेत्री समाज बैद्धिकनगर चितवनले भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताललाई एक हजार थान माक्स हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष युबराज क्षेत्रीले अस्पतालकी संयोजक एबं भरतपुर महानगर प्रमुख रेनु दाहाललाई कपडाको उच्च स्तरीय माक्स हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा महानगर प्रमुख रेनु दाहालले क्षेत्री समाजले गरेको सहयोग प्रति खुशी प्रकट गर्नुभयो । उहाँले यो सबैको साझा संस्था भएकाले सबैले सक्दो सहयोग गर्न आग्रह समेत गनुभयो ।
माक्स हस्तान्तरण पछि बोल्दै अध्यक्ष क्षेत्रीले सहयोग गर्न पाएको खुशी व्यक्त गर्नु भयो । बिपतमा परेकाहरुलाई सहयोग गर्नु मानबिय दायीत्व भएका कारण आँफुहरुले सहयोग गरेको र आउँदा दिनहरुमा पनि सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा अस्पतालका सदस्य सचिब डा. भोजराज अधिकारीले उपलव्ध भएका सामानहरु यहाँ आबश्यक भएको यही प्रयोग गर्ने र आबश्यकता भन्दा वढि भए जिल्लाका अन्य अस्पतालहरुमा सहयोग गर्ने जानकारी दिनुभयो ।
सो अबसरमा प्रदेश सभा सदस्य बिजय सुबेदी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्र्रसाद भट्टराई, नीजि अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुवर, समाजसेबी डा. शारदा कुवर लगाएतको उपस्थिति रहेको थियो ।








