• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यविन्दु  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी हुँदा भरतपुरतिर जानुपर्ने बाध्यता हटेको मध्यविन्दु नगरपालिका–७ की माया न्यौपानेले बताउनुभयो ।

    “आफ्नै गाउँ नजिकै यसरी धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “दिनरात जुन समयमा स्वास्थ्य समस्या परे पनि उपचार पाइन्छ भन्नेमा विश्वस्त भएका छौँ ।” नगर अस्पताल व्यवस्थित हुँदा आफूहरूलाई सहज भएको उपचारका लागि अस्पताल आउनुभएका विष्णुप्रसाद खनालले बताउनुभयो । “अहिले त यहीँ भिडियो एक्सरे, रगत परीक्षणसहित आवश्यकताअनुसार भर्नासमेत गर्न थालिएको रहेछ, अहिले हामीलाई स्थानीय सरकार गाउँ–ठाउँमा आएको अनुभूति भएको छ”, उहाँले भन्नुभयो ।

    पहिले उपचार गर्ने रकमले गाडी भाडामै खर्च गरेर जिल्ला बाहिर जाने स्थानीय आफ्नै नगरपालिकाभित्र उपचार पाउँदा खुसी भएका छन् । नगर अस्पतालबाट अहिले सर्पदंश, रेबिज, प्रयोगशाला, प्रसूतिलगायतका आकस्मिक सेवासहित १५ शय्याबाट अन्तरङ्ग सेवा सञ्चालन गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताउनुभयो । “उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे सेवालाई नियमित र विशेषज्ञसहितको स्वास्थ्य परीक्षणलगायतका सेवा दिँदै अझ व्यवस्थित बनाउन भवन निर्माणका काम चलिरहेको छ”, उहाँले भन्नुभयो ।

    हाल अस्पतालमा डाक्टर दुई, नर्सिङ हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोग्राफर एक, ल्याब टेक्निसियन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी र नगर एम्बुलेन्ससहित एक जना चालक कार्यरत रहेको शाखा प्रमुख क्षेत्रीले बताउनुभयो । नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढेको मध्यविन्दु नगर अस्पतालका प्रमुख नन्दलाल रानामगरले बताउनुभयो ।

    उहाँका अनुसार अहिले दैनिक एक सय ५० देखि दुई सय जनासम्म ओपिडिमा सेवा लिन आउने गरेका छन् । “नगर अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य बीमा गरेका नागरिक पनि सहजरूपमा उपचार लिन यहीँ आउने गरेका छन्”, उहाँले भन्नुभयो, “अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रयास जारी छ ।” मध्यविन्दु नगरपालिका र आसपासका स्थानीयका लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । निर्माणाधीन नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपश्चात थप सेवासमेत विस्तार हुने उहाँले बताउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.