• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विश्व अल्जाइमर्स दिवस : ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’

  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरुको भनाइ छ । विश्वभर नै यो रोगका कारण धेरैले दुःख पाउँदै आएका छन् । भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ) डा निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले हाम्रो मस्तिष्कको कार्यक्षमतामा समेत ह्रास ल्याउँछ ।” उहाँले भविष्यमा के गर्ने भनेर योजना बनाउने कुरा, आज के खान्छु ? कस्तो लुगा लगाउँछु ? जस्ता कुरामा समेत असर पार्ने बताउनुभयो ।

    आमनागरिकले यो रोगलाई बुढेसकालमा लाग्ने रोग र बिर्सने समस्याका रुपमा बुझ्ने गरेको भन्दै उहाँले भन्नुभयो, “यो केही हदसम्म सही पनि हो, तर कतिपय समाजमा कतिपय मानिसहरुलाई सानै उमेरमा पनि यो समस्या आउने र धेरैजसो बिर्सने रोग अल्जाइमर्स मात्र नभएर थप अरु रोग पनि हुनसक्ने सम्भावना हुन्छ ।” अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने जनाउँदै उहाँले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टासमेत नचल्ने जस्ता समस्या हुने बताउनुभयो ।

    विश्वमा करिब पाँच करोड व्यक्ति अल्जाइमर्स रोगबाट पीडित रहेको उहाँको भनाइ छ । सन् २०५० सम्म यो सङ्ख्या अहिलेको भन्दा तीन गुणासम्म बढ्न सक्ने अनुमान गरिएको उहाँ बताउनुहुन्छ । नेपालमा एकिन तथ्याङ्क उपलब्ध नभएता पनि करिब ८० हजारदेखि एकलाख २० हजारसम्म व्यक्तिलाई बिर्सने समस्या भएको गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीमध्ये एक नम्बर कारण अल्जाइमर्स नै रहेको छ ।” अल्जाइमर्स पहिचान गर्न कठिन हुने जनाउँदै उहाँले भन्नुभयो “यसको लक्षण सुरु भए पनि धेरै मानिसहरुले बुढ्यौलीपनकै समस्या भन्ने ठानेर त्यसलाई नजरअन्दाज गरेर बस्नुहुन्छ ।”

    आफ्नो दैनिक काम नै गर्न नसक्ने धेरै जटिल अवस्थामा पुगेपछि मात्र अल्जाइमर्स हो कि भनेर बिरामीलाई चिकित्स कहाँ लिएर आउने गरेको उहाँको अनुभव छ । जनमानसमा बुढ्यौलीपन र अल्जाइमर्सको बिर्सनेपन छुट्याउन कठिनाइ भएको कारणले गर्दा जटिल अवस्थामा मात्र बिरामीलाई चिकित्सक कहाँ ल्याउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरैजसो अल्जाइमर्स ६५ वर्ष कटेपछि नै हुन्छ, धेरै कम अल्जाइमर्स जसलाई हामी जेनेटिक अल्जाइमर्स पनि भन्छौं त्यो चाहिँ ६५ वर्ष उमेरभन्दा सानोमा पनि सुरु हुन्छ ।”

    विश्वव्यापी सङ्ख्याले ६५ देखि ७५ वर्षको उमेरमा करिब एक हजार जना मानिसमध्ये पाँच जनालाई अल्जाइमर्स हुने र यो सङ्ख्या ८५ वर्ष उमेर कटेकामा भने एक हजार जनामध्ये ३७ देखि ४० जनामा हुने उहाँको भनाइ छ । उमेर बढ्दै जाँदा त्यसैगरी अल्जाइमर्स देखिँदै जान्छ । उमेरबाहेक उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, शारीरिक व्यायामको अभावजस्ता कारणले अल्जाइमर्स हुने डा गौतम बताउनुहुन्छ । स्वस्थकर खानपान र सक्रिय जीवनयापन गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “चिल्लोपना, अत्यधिक मद्यपान र धूमपानले पनि अल्जाइमर्सलाई बढाउँछ ।” अल्जाइमर्र्स आफँैमा क्रमशः बढ्दै जाने रोग भए पनि यो एकदमै विस्तारै हुन्छ ।

    डा गौतमले भन्नुभयो, “अल्जाइमर्र्स आफँैबाट मृत्यु चाहिँ हुँदैन, हेरचाह राम्रो भयो भने ज्यानको खतरा हुँदैन ।” बुढेसकालमा सबैलाई अल्जाइमर्र्स हुन्छ नै भन्ने नभएको भन्दै उहाँले बिर्सने समस्या बढ्दै गएपछि चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो । अल्जाइमर्र्सको औषधि दिएर कत्तिको सुधार हुन्छ भनेर हेर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “कसैलाई राम्रो फाइदा पनि हुन सक्छ, कसैलाई फाइदा गरेन भने औषधि रोक्नुपर्ने हुन सक्छ ।” बिरामीलाई घरपरिवारले राम्रो हेरचाह गर्नुपर्ने उहाँको भनाइ छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.