काठमाडौँ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् जसलाई दर्शकले पनि त्यति नै मन पराउँछन । पछिल्लोसमय सार्वजनिक भएको दामोदर भण्डारी र तुलसी घर्ती मगरको स्वरमा रहेको “छुर्पि चौरी गाईको”बोलको लोक दोहोरी गीत हाल चर्चामा छ । गितले युटुवमा पनी छोटो समयम राम्रो भ्युज कमाएको र टिकटकमा पनि लोकप्रिय छ । गीतको भिडियोमा चर्चित कलाकारहरु बिमल अधिकारी,लोमस शर्मा, अञ्जली अधिकारी करिष्मा ढकाल लगायतको अभिनयलाई देख्न सकिन्छ ।








