• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन : स्वास्थ्यमन्त्री बस्नेत

  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कीर्तिपुर । स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आजदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो । “आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन ।

    मन्त्रालय विश्वस्त हुने गरी ठोस कार्ययोजना लिएर आउनुपर्‍यो । त्यसमा मेरो सहयोग रहन्छ”, उहाँले भन्नुभयो । जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुनेसमेत बताउँदै मन्त्री बस्नेतले ‘साइड इफेक्ट’ नहुने आयुर्वेदिक औषधिको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडीबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पनि कार्ययोजना बनाएर अगाडि बढ्नुको विकल्पन नभएको उहाँले स्पष्ट पार्नुभयो ।

    मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउँदै पहुँचको भरमा दशकौँदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको समेत बताउनुभयो । स्वास्थ्य बीमामा बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै उहाँले स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पताललाई दिनुपर्ने सोध भर्ना दिएको बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले औषधिविहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाइसम्बन्धी धेरैजसो रोगको उपचार गर्न सकिने दाबी गर्नुभयो । तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउँदै उहाँले उपचार, अनुसन्धान र तालिममार्फत केन्द्रले आयुर्वेदको विकासमा लागिपरेको बताउनुभयो ।

    शरीरको आवधिक शोधन रोग निवारणका लागिसमेत आवश्यक मानिने पञ्चकर्म चिकित्सामा बमन (बान्ता), विरेचन (मल उत्सर्जन), बस्ती (मलद्वारबाट औषधि प्रक्षेपण, नस्य (नाकबाट औाषधि प्रक्षेपण) र रक्त मोक्षण (शुद्धीकरण) गरी पाँच वटा विधि प्रयोग गरिन्छ । यसबाट शरीरमा विकारयुक्त तत्व बाहिर पठाएर उपचार गर्ने विधिलाई आयुर्वेदमा पञ्च किकित्सा भनिएको हो । तालिममा देशका विभिन्न प्रदेशका आयुर्वेद क्षेत्रमा कार्यरत २० जना सातौँ तहका स्वास्थ्यकर्मीको सहभागिता छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.