• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’

  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कास्की । विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन । पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे । उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो । ढुङ्गेनी गाउँले परिचित गाउँमा पर्यटकको नजर जान्थ्यो र उनीहरूलाई एक रात त्यहीँ बस्न मन चाहन्थे । तर, घान्द्रुकमा त्यो समय होटल, रेष्टुरेण्ट थिएन । गाउँमा अङ्ग्रेजी भाषा जानेको मानिस भेटिन गाह्रो थियो । सोही समय पर्यटकको सारथि बन्नुभयो, घान्द्रुकका शङ्करमान गुरुङ ।

    विसं २०२६ मा उहाँलेले घान्द्रुककै मेश्रम वराह विद्यालयमा भर्खर–भर्खर पढाउन थाल्नुभएको थियो । अङ्ग्रेजी विषय पढाउने उहाँलाई भाषा नआउने कुरै भएन । विद्यालय बिदापछि घर पुग्दासम्म पर्यटकलाई बाटो देखाइदिने र बास बस्ने ठाउँ देखाउने काम उहाँले नै गर्नुभयो । त्यसबेला घान्द्रुकमा ‘फिस्टेल’ नामको होटलमात्र थियो । फिस्टेललाई पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो । केहीलाई बास पाउनै मुस्किल । अन्ततः शङ्करमान आफैँले घरमा पाहुना राख्ने निधो गर्नुभयो । समयक्रमैसँगै जन्मिएको थियो, उहाँको होटल मिलन ।

    “चार बजे छुट्टी भएर घर फर्किँदा विदेशी पर्यटन बाटोमा भेटिन्थ्यो”, शङ्करमान २०२६ सालतिको कुरा सम्झनुभयो, “उनीहरूले यहाँ लजिङ फुडिङबारे सोध्थे । त्यो बेला यहाँ फिस्टेलबाहेक अरु होटल थिएनन् । त्यहाँ प्याक भएपछि मेरै घरमा लगेर पाहुना सुताउँथे ।” घरमै सेवा दिँदा सुरुमा त आफूले सित्तैमा राखेको उहाँ सम्झनुहुन्छ । “हामीले त पाहुनालाई जसरी पनि सम्मान गर्ने हो भन्ने हुन्थ्यो । त्यो बेला पैसा लिने चलन थिएन”, उहाँले सम्झनुभयो, “बिहान टे«किङ जाने बेला कति हो, के हो भनेर सोध्थे । हामीलाई त कहिल्यै व्यवसाय गरे पो थाहा हुनु, ‘पर्दैन’ भन्थेँ । उहाँहरू आफैँले अलि–अलि पैसा छाडेर जान्थे । अनि मलाई पनि व्यवसाय गर्न मन लाग्यो ।”

    होटल गर्दा गाउँलेले नराम्रो नजरले हेरेको तीतो यथार्थ पनि उहाँले सम्झनुभयो । “कूल घरानाका मान्छेले बाटोमा बसेर अर्काको जुठो भाँडा माझ्ने भन्थे”, शङ्करमानले भन्नुभयो, “मैले वास्ता गरिनँ । होटल सञ्चालन थाले । अहिलेचाहिँ सबैले मेरो कपी गरेका छन् ।” त्यो समय एक सुका कप चिया । साढे ३ रुपैयाँमा खाना । बास सित्तैमा थियो । घान्द्रुकका होटल व्यवसायी शङ्करमान गुरुङले पनि यो ‘रेट’ लिने गर्नुहुन्थ्यो । सुका र मोहोरको त्यो जमाना अहिले फेरिएको छ । तर शङ्करमान र होटल मिलनको सम्बन्ध ५३ वर्षदेखि अनवरत चलिरहेकै छ ।

    सन् १९५० जुन ३ अर्थात् २००७ जेठ २१ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेपछि त अन्नपूर्ण पदमार्गले चर्चा पायो । पर्यटकीय गाउँ घान्द्रुक पुनः आकर्षणको केन्द्र बन्न थाल्यो । “गोराहरूको टार्गेट भनेकै अन्नपूर्ण बेस क्याम्प थियो । तर एक रात घान्द्रुक बसेर उकालो चढ्थे”, शङ्करमानले भन्नुभयो, “त्यो बेला पोखरा–बागलुङ सडक खुलेकै थिएन । पोखराबाट नै टुरिस्ट आउँथे । उनीहरूलाई होटल मिलनबाट सेवा दिन पाउँदा निकै खुसी लाग्थ्यो ।” घान्द्रुकको पहिलो होटल फिस्टेल बीचैमा बन्द भयो ।

    तर शङ्करमानले होटल मिलनबाट पाहुनाको सेवा गरिरहनुभयो । उहाँले पाहुनालाई साथीको व्यवहार गर्नुभयो । सोही कारण पनि उहाँको पर्यटकसँग पुरानो सम्बन्ध छ । एकपटक आएका पाहुना फर्की–फर्की आउने गरेको शङ्करमान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “होटलका कारण विदेशी पर्यटक साथी बने । मेरा सबैभन्दा मिल्ने साथी अमेरिकाका स्कट ब्राउन हुन् । सिङ्गापुर, जापान सबैतिरका साथीहरू भेट्न हरेक वर्षजसो आउँछन् ।” अठहत्तर वर्षीय शङ्करमान उमेर ढल्किँदै गएपछि विस्तारै व्यवसायबाट टाढा हुने सोचमा हुनुहुन्छ ।

    “काम गर्ने भनेर मात्र नहुने रहेछ । अब नसक्ने अवस्थामा पुगेको छु”, उहाँले भन्नुभयो, “अब छोराबुहारीलाई गर भनेर छाड्ने सोचमा छु ।” सुरुमा हेयको भावले हेर्ने घान्द्रुकका स्थानीय अधिकांशले होटल स्थापना गरी पाहुनाको सेवा गरेको देख्दा उहाँलाई अहिले खुसी लाग्छ । “सुरुमा मैले नै सबैलाई यसो गर्नुपर्छ भनेर सिकाएको हुँ । अहिले सबैलाई राम्रो भएको छ”, शङ्करमानले भन्नुभयो, “मैले एक सुका कप चियाबाट सुरु गरेको व्यवसाय १४ कोठाबाट ३५ जनालाई सेवा दिन्छु ।

    अहिले कोठाको रु एक हजार दुई सय, खानाको दालभातको पाँच सय ५० चियाको रु ७० भएको छ ।” घान्द्रुकमा होटलका पायोनियर शङ्करमान गुरुङलाई घान्द्रुक पर्यटन व्यावसायी समिति आफ्नो पहिलो साधारणसभामा सम्मानसमेत गरेको छ । शङ्करमानको सिको गर्दै विस्तारै घान्द्रुकमा होटल रेस्टुरेन्ट खुल्दै गएको घान्द्रुक पर्यटन व्यवसायी समिति अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । विक्रमका अनुसार घान्द्रुकका करिब तीन सय घरधुरीमध्ये एक सय पाँचमा विभिन्न व्यवसाय सञ्चालित छ ।

    जसमा ५५ होटल, १८ होमस्टे (घरबास) र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन् । घान्द्रुकमा होटल तथा होमस्टे गरी सात सय २० कोठामा एकै दिन दुई हजारसम्म पाहुना राख्न सकिने अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । धनबहादुर गुरुङ/ रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.