• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का

  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कर्णाली । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताउनुभएको छ । गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्नेछ ।”

    उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहनुभएका खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार सबल अर्थतन्त्र निर्माणमा लागिपरेको बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको उहाँको भनाइ थियो ।

    कर्णालीको जल, जडीबुटी र कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउन र यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजाने हिसाबले काम भइरहेको बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचन अवधिमा फरक दल भए पनि कर्णालीको विकास र समृद्धिको पक्षमा सबै जनप्रतिनिधिको एकमत रहेको उहाँले जनाउनुभयो । उहाँले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मुलुकको पूर्वाधार तथा ऊर्जा विकासका क्षेत्रमा महत्वपूर्ण सम्झौता गरेको बताउनुभयो ।

    उहाँका अनुसार सुशासन एवं जनमैत्री शासन व्यवस्थाको प्रत्याभूति जनतालाई गराउने खालका सुशासनसँग सम्बन्धित कार्ययोजना सार्वजनिक गरिनेछ । कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता राखेको भन्दै उहाँले यहाँका जनताको खुसी र समृद्धिका लागि सबैदल एक हुनुको विकल्प नभएको धारणा राख्नुभयो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आयोजनाको कार्यालय स्थापना हुनुमा कार्यवाहक प्रधानमन्त्रीको विशेष योगदान रहेको बताउनुभयो ।

    जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको विकासले कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने भनाइ राख्नुभयो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आयोजनाको अलग्गै कार्यालय हुनुले काममा छरितोपन आउने र पर्यटन विकासमा पनि सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.