• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

समयमा उपचार गरे बाल क्यान्सर निको हुन्छ : डा शर्मा

  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बालबालिकामा हुने क्यान्सर समयमा उपचार गरे निको हुने चिकित्सकको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा भित्रिएका प्रविधि र औषधिका कारण बाल क्यान्सरको उपचार सम्भव भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका युवा तथा बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले बाल क्यान्सर जति खर्च गरे पनि उपचार निको हुँदैन, रोग निको भयो भने पनि रोग बल्झन्छ भन्ने भ्रम जनमानसमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सत्य होइन । अहिलेको अवस्थामा बालबालिकाको क्यान्सर निको हुने दर राम्रो छ ।

    उपचार गर्न सक्छौँ ।” ठूला मानिसको तुलनामा दुई कारणले बालबालिकाको क्यान्सर छिटो निको हुने उहाँ बताउनुहुन्छ । उहाँको भनाइमा बालबालिकालाई हाइडोजको औषधि दिन सकिन्छ । यसैगरी केमो थेरापी दिँदा ठूलाको भन्दा बच्चाले धेरै सहन सक्ने भएकाले तत्काल काम गर्छ । बालबालिकाको धेरैजसो क्यान्सरलाई नेपालमै रोग पत्ता लगाउन सकिने भन्दै उहाँले भन्नुभयो, “अहिले नेपालमा उपचार गर्दाखेरि बाल क्यान्सर निको हुने दर करिब ६० प्रतिशतभन्दा बढी देखिन्छ ।”

    विश्वका विकसित देशहरूमा जस्तै अमेरिका जापानलगायत समग्रमा कतिपय क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने दर रहेको भन्दै उहाँले सम्रगमा हेर्दा ८० प्रतिशत भन्दा बढी बालबालिकाको क्यान्सर निको बताउनुभयो । दुई दशक पहिले नेपालमा बाल क्यान्सरको उपचार सम्भव नरहेको भन्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सर विभाग सुरुआत भएसँगै यो सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले करिब दुई दशक पछाडिको समयमा आइपुग्दा धेरै बालबालिकाको नेपालमै क्यान्सरको उपचार भएर राम्रो नतिजा आउन सक्छ भन्ने सन्देश जनमानसमा पुगिसकेको छ ।”

    नेपालमा प्रत्येक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर रोग लाग्ने भन्दै उहाँले त्यसमध्ये विभिन्न अस्पतालमा आउने बालबालिकाको अनुपात करिब आठ सय रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि आधाभन्दा बढी बालबालिका अस्पतालको पहुँचमा आइनसकेको हाम्रो अनुमान छ ।” बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा तीन सय ५० भन्दा बढी बालबालिका प्रत्येक वर्ष क्यान्सरको उपचारका लागि आउने गर्दछन् । यसले गर्दा सरदरमा हरेक दिन एक वा दुई जना बाल क्यान्सरका नयाँ बिरामी आउने उहाँले जानकारी दिनुभयो । विशेष गरेर बालबालिकाको रक्त क्यान्सरको उपचार तीन वर्षसम्म लाग्ने भएकाले अहिलेको समयमा पाँच सयभन्दा बढी बालबालिका यसै अस्पतालमा उपचाररत रहेको उहाँको भनाइ छ ।

    उपचारमा आउने बालबालिका पनि अस्पतालमा आउँदा रोग छिप्पिइसकेपछि ढिलो गरी आउने गरेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “ढिलो गरी अस्पताल आउँदा रोग फैलिसक्ने भएकाले पूर्णरूपमा निको पार्न गाह्रो हुन्छ ।” क्यान्सरको तेस्रो चौथो चरणमा भएका बाल क्यान्सर पनि निको भएको उहाँको अनुभव छ । अझै पनि आधाभन्दा बढी बालबालिका उपचारको पहुँचमा नआएको भन्दै उपचार सम्भव छ भन्ने कुरालाई व्यापक प्रचारप्रसार गरेर उपचारमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । बालबालिकालाई क्यान्सर लाग्ने कारण यही नै हो भन्ने नरहेको भन्दै उहाँले थप्नुभयो, “विशेषगरी बालबालिकाको क्यान्सर वंशाणुगत रोग त हो नै तर जीनमा भएको खराबीले गर्दा बालबालिकालाई क्यान्सर लाग्ने गर्दछ ।” कतिपय बालबालिका जन्मजात नै क्यान्सर लिएर आउने उहाँ बताउनुहुन्छ ।

    रक्त क्यान्सर, न्युरोप्लाष्टामा, विल्मस ट्युमर लगायतका रोगहरू बालबालिकाको पहिलो वर्षमै धेरै देखिने गर्दछन् । नसासम्बन्धी क्यान्सर, कलेजेको क्यान्सर, कतिपय ब्रेन ट्युमर र कतिपय रक्त क्यान्सर बालबालिकाको पाँच वर्षभन्दा मुनि नै देखिन्छ । पाँच देखि १५ वर्षसम्मको बालबालिकामा लिम्फोमाहरू, ग्ल्यान्ड क्यान्सर र हड्डीलगायतको क्यान्सर बढी देखिने डा शर्मा बताउनुहुन्छ । बालबालिका बिरामी हुँदा लक्षण हेरेर अभिभावकले कतै क्यान्सर त होइन ? भनेर पनि शङ्का गर्नुपर्ने डा शर्मा बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “विशेषगरी एकदुई हप्ताभन्दा बढी समयसम्म ज्वरो आइरहने, बालबालिकाको शरीरमा निलो डाम देखिने, रगत घट्ने, रक्तश्राव हुने, पेट फुलेर आउने जस्ता लक्षण रक्त क्यान्सरका हुन् ।” बालबालिकाको ‘आइक्यु’ कम हुने, मुर्छा पर्नेलगायत लक्षण छन् भने ब्रेन ट्युमर हुन सक्छ । त्यस्तै गरेर पेट, कलेजो, मिर्गाैला र अण्डाशयको वरिपरि अनियन्त्रित खालको मासु छ भने त्यहाँको क्यान्सर हुनसक्ने उहाँ बताउनुहुन्छ । रासस 

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.