काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५५ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ं६ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा २० हजार ३९६ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ८८९ जना रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ७२८ रहेका छन् । आज १० हजार ९१ जनाको पिसिआर परिक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।








