• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि दस्तावेज : कावा अध्यक्ष सिंह

  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चीन । एसियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि महत्वपूर्ण दस्तावेज हुने बताउनुभयो । यहाँस्थित ओलम्पिक स्पोर्टस् सेन्टरमा बिहीबार ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकका लेखक एवम खेल पत्रकार नविन अर्यालसितको भेटघाटमा उहाँले एसियाली खेलकुदको नालीबेली समेटिएको सो पुस्तक विश्व खेलकुदका लागि ‘माइलस्टोन’ हुने बताउनुभयो । पुस्तक नेपाली खेलकुदका लागि मात्र नभएर अन्तर्राष्ट्रिय खेलकुदका लागि समेत महत्वपूर्ण खुराक भएको उहाँको भनाइ थियो ।

    ‘नेपाली खेलकुदको वृत्तान्त’मा आफ्नो ठूलो बुवा यजविन्दरको हस्ताक्षरसहित सन् १९५१ मा भारतमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदको निम्तो देखेपछि कावा अध्यक्ष सिंहले आयोजक चीनका खेल पदाधिकारीसित सो बारे चर्चा गर्नुभएको थियो । चनिको हाङझाउस्थित ओलम्पिक स्पोर्टस् सेन्टरको संग्रहालयमा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदका धेरैजसो दस्तावेज नभएकाले ‘नेपाली खेलकुदको वृत्तान्त’ बहुमुल्य दस्तावेज बन्न सक्ने कावा अधयक्ष सिंहले बताउनुभयो ।

    नेपाली भाषामा लेखिएको सो पुस्तक अनुवाद गराएर भए पनि पढ्ने उहाँले बताउनुभयो । कावा अधयक्ष सिंहले राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष शरदचन्द्र शाह र नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्म शमशेर राणासँग आफ्नो आत्मीय सम्बन्ध रहेको खेल पत्रकार अर्याललाई स्मरण गराउनुभयो । उक्त पुस्तकमा आफ्नो ठूलो बुवा र बुवाको फोटो देखेपछि उहाँ निकै उत्साहित देखिनुभएको थियो । कावा अध्यक्ष सिंहको परिवार सात दशककदेखि विश्व ओलम्पिक र एसियाली खेलकुदमा सक्रिय छ ।

    नेपालमा सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्न उहाँको बुवा भलिन्दरको विशेष योगदान रहेको पत्रकार अर्यालको पुस्तकमा उल्लेख छ । कावा अध्यक्ष सिंहले ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रसंशा गर्दै आफ्ना ठूलो बुवा यजविन्दर सिंह र बुवा भलिन्दर सिंहले एसियाली खेलकुदमा पुर्याएको योगदान उक्त पुस्तकमा समेटेकामा लेखक अर्याललाई धन्यवाद दिनुभयो ।

    कावा अध्यक्ष सिंहका साथमा एसियाली ओलम्पिक काउन्सिलका मानार्थ उपाध्यक्ष वेइ जिझोङ, एसियाली ओलम्पिक काउन्सिलका उपाध्यक्षद्वय सङ लुजेङ र सैयद आरिफ हसनलगायतको उपस्थिति थियो । उहाँहरुले पनि सो पुस्तक चासोका साथ हेर्नुभएको थियो । पत्रकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ गत असार २६ गते सार्वजनिक गरिएको थियो । ‘नेपाली खेलकुदको वृत्तान्त’ खेलकुदका बारेमा लेखिएको पहिलो नेपाली पुस्तक हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.