• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कृत्रिम जलाशयले फेरियो दैनिकी

  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ । घोराही उपमहानगरपालिकाले ‘एक वडा एक जलाशय’ अभियान सञ्चालन गरेर घोराहीका अधिकांश वडामा जलाशय निर्माण गरेको छ । अभियानअन्तर्गत पालिकाका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् । घोराही–१७ का शङ्कर चौधरीले आकासे पानीको भरमा खेती गर्दै आउनुभएको थियो । पिउने पानीकोसमेत समस्याको थियो ।

    उहाँको खेतबारीमा अहिले आरोग्य कृत्रिम तालमा जम्मा भएको पानी सिँचाइ गर्न थालेपछि वर्षमा चार पटकसम्म खेती हुने गरेको छ । “पानीको सुविधा नहुँदा तरकारी बजारबाट किनेर खाने गरेका थियौँ अहिले बाह्रै महिना तरकारी खेती गरेर आम्दानी गर्ने भएका छौँ”, उहाँले भन्नुभयो, “कृत्रिम जलाशयको छेवैमा पम्पसेट राखेर सिँचाइ गरी उत्पादन गरिरहेका छौँ ।” उक्त तालको पानीले ८० देखि ९० बिघा जमिनमा सिँचाइ भइरहेको चौधरीले बताउनुभयो । गर्मीको समयमा इनारमा पानी सुक्ने समस्या भएको जनाउँदै उहाँले अहिले बाह्रै महिना प्रशस्त पानी हुने गरेको बताउनुभयो ।

    ड्याम बाँधेर बनाएको कृत्रिम जलाशयले अहिले स्थानीयको जीवनशैली फेरिएको छ । सिँचाइको सुविधा पुगेकाले तरकारी उत्पादन गरी घोराही बजारमा बिक्री गर्दै आइरहेको घोराही–१ का सुरेश चौधरीले बताउनुभयो । “कृत्रिम जलाशयको पानीले सिँचाइ गरी उत्पादन गरिरहेका छौँ”, उहाँले भननुभयो, “यसअघि सिँचाइका साथै पिउने पानीको पनि समस्या थियो, अहिले छैन ।” चौधरीका अनुसार अहिले रामपुर टोलका एक सयभन्दा धेरै घरपरिवारले जलाशयको सुविधा लिइरहेका छन् । “अहिले बाह्रै महिना किसान खेतमा हुने गरेका छाँै ।

    अन्य ठाउँमा पानी नपरेर धान रोपाइँ गर्न नपाएका बेला पनि हामीले जलाशयको पानीले रोपाइँ गरिसकेका थियौँ”, उहाँले भन्नुभयो । घोराहीमा ४३ जलाशय निर्माण गरिएका जनाउँदै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको बताउनुभयो । यसका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य रहेको उहाँको भनाइ थियो । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन् । कृषि र पानीको स्रोत बढाउन अभियान सुरु गरिएको बताउँदै उपप्रमुख डिसीले सुख्खा हुँदै गएको जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार जलाशयमा जम्मा भएको पानीले स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन् । सबैभन्दा धेरै वडा नं १७ मा आठ जलाशय निर्माण भएका उपप्रमुख डिसीले जानकारी दिनुभयो । उपमहानगरभित्र पालिका र वडाले स्रोत व्यवस्थापन गर्नुका साथै केही प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले बताउनुभयो ।

    उहाँका अनुसार कुनै ठाउँमा साना पोखरीका रुपमा रहेका जलाशयलाई विस्तार गरिएको हो । निर्मित जलाशयको बहुुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्नेमा इञ्जिनियर पौडेलले जोड दिनुभयो । “कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवद्र्धनको काम भइहेको छ”, उहाँले भन्नुुभयो, “उपमहानगरले सुरुआती वर्षमा १२ जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ जलाशय निर्माण गरेर ४३ पुराएको छ ।” रासस 

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.