• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हराउँदै मौलिक भाका

  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् ।

    मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । “अहिले त रोधी पनि बस्न छोडे, रोधीमा गाइने गीत पनि हराए । कहीँ कतै रोधी गाएको भाका सुनिँदैनन् । ती गीत, जमाना फेरिए, मान्छेका स्वभाव र चालचलन सबै फेरिएका छन्”, ढोरपाटनकी ८३ वर्षीया मोतिकुमारी घर्तीले भन्नुभयो । उहाँले कहिलेकाहीँ एक्लै हुँदा पुराना गीत गुनगुनाउने गरेको बताउनुभयो । उहाँले गुनगुनाउने गीत अहिलेका युवा पुस्ताले खासै बुझ्दैनन् ।

    यानिमाया, सुनिमाया, शिरफुलेमाया लगायतका थुप्रै लोक भाकाहरु सुनिन छाडेको भन्दै मोतिकुमारी गुनासो गर्नुभयो । रोधी बस्दा, बुकीँ चढ्दा, झर्दा, मेलापात गर्दा, मेला महोत्सवमा यी गीत निकै गाउने गरेको स्मरण गर्दै अहिले हिन्दी र अङ्ग्रेजी गीतले मौलिकतालाई हराई दिएको घर्तीको भनाइ थियो । गीतसङ्गीतले मानिसको दुःख, वेदना र हर्ष बोल्ने भन्दै पुराना गीतसँगै संस्कृति पनि हराउँदै गएको उहाँले बताउनुभयो । कुनै गीत चाडबाड विशेषतः र कुनै बाह्रै महिना गाउन मिल्ने भन्दै पछिल्लो समय पश्चिमा संस्कृतिले गर्दा स्थानीय पहिचान हराएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    आधुनिकताले गर्दा धेरै मान्छेको पहिरन, खानपान र दैनिकी बदलिएको हुँदा उनीहरुलाई पुराना गीत सङ्गीतको महत्व थाहा नभएको घर्तीको भनाइ थियो । “हाम्रो पालामा अहिलेको जस्तो फोन थिएन, चिट्ठी लेख्ने प्रचलन पनि धेरै पछि आएको हो, परिवारका मान्छे र कोही आफन्त टाढा भए, प्रदेश गए भने नफर्किंदासम्म उसको हालखबर थाहा हुँदैनथ्यो, त्यति बेला मनको बह पोख्न गीत गाइन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले त छिनछिनमा फोन गर्छन्, भिडियो हेराहेर गर्छन्, विदेश छ कि सँगै छ थाहै हुँदैन, अहिलेका मान्छेलाई के थाहा त्यस बेलाका गीतको महत्व ?, उतिबेला हाम्रो सुख, दुःखको सारथी थियो गीत ।”

    युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीतहरु हराउँदै गएको स्थानीय ७७ वर्षीय टीकाराम रोका मगरले बताउनुभयो । उहाँले अहिले पनि बूढापाकाले पुराना भाका गाउनका लागि लगाउने गरेको बताउनुभयो । उहाँका अनुसार अरूलाई भन्दा बढी रोका मगरलाई बढी थाहा भएको हुँदा उहाँलाई यो भाका गाउन लगाएका हुन् । बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरे लगायतका दर्जन बढी भाका मगर, गुरुङलगायत आदिवासी जनजाति समुदायका मानिसले गाउने उहाँको भनाइ थियो ।

    “हाम्रा पाका पुर्खादेखि गाउँदै आइएको गीत/सङ्गीत अहिले लोप भए, धेरै वर्ष पुराना गीत अरू समुदायका मान्छेले गाउन जान्दैनन् । यी गीतमा हाम्रो पहिचान, हाम्रो कर्म र परम्परा बोलेको हुन्छ, यी गीतहरुको लय पनि अरूभन्दा बेग्लै हुन्छ, अहिले त हराउँदै गयो”, मगरले भन्नुभयो, “युवा पुस्ताले र्‍याप/झ्याप केके हो के गाउँछन्, म मरे भने त यो गीत पनि मर्छ भन्ने पीर लाग्छ, संस्कृति बचाउनका लागि राज्यले पनि भूमिका खेल्नुपर्छ, अहिले केटाकेटी जेन्मेको दुई/चार वर्षपछि विदेशी गीत सुन्ने गाउने गर्छन्, हाम्रा छोरा नातिले मैले गाएको रुचाउन्न् ।”

    गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने हुँदा यो यानिमाया, सुनिमाया र ठाडी भाका गाउन कठिन मानिने उहाँको बुझाइ छ । आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताले चासो नदिँदा मौलिकता बोकेका गीत हराउन थालेको ७४ वर्षीय तुलबहादुर पाइजा मगरले बताउनुभयो । उहाँका अनुसार मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा ठाडी भाका गाउने चलन छ । अर्मपर्म लाग्दा, घाँसदाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम गीतसङ्गीत नै थियो ।

    आफ्ना पालामा साथीभाइ भेट हुँदा यस्ता गीतबाटै हालखबर, सञ्चो बिसञ्चो सोध्ने गरेको उहाँले स्मरण गर्नुभयो । अहिले फोनले गर्दा दिनदिनै कुरा हुने हुँदा गीतमा हालखबर सोध्न छोडिएको पाइजाले बताउनुभयो । पुराना गीतहरु तीन रात, तीन दिन गाउँदा पनि नसकिने भन्दै अहिले त्यस्ता गीत गाउने मान्छे भेट्याउन मुस्किल पर्ने उहाँको भनाइ थियो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पपगीतले मौलिक भाका हराउन थालेको भन्दै यस्ता गीत अहिलेका कलाकारले पनि नगाउने उहाँले बताउनुभयो ।

    “दिनभरि मेलापातमा व्यस्त भइन्थ्यो, थकाइ लाग्थ्यो, साँझ, ओल्लोपल्लो घरका तरुनी तन्नेरी भएर रोधी बसिन्थ्यो, पुराना गीत गाइन्थ्यो, रोधी बस्दा पुराना गीतहरुको संरक्षण हुन्थ्यो, अहिले त रोधी बस्ने चलन नै छैन, हामी तन्नेरी हुँदा बेस्सरी रोधी बस्ने, गीत गाउने गरिन्थ्यो”, पाइजाले भन्नुभयो, “अहिलेका त न रोधी बस्छन्, न पुराना गीत गाउँछन्, यसले गर्दा पुराना संस्कृति बाेकेका गीत हराए, हाम्रो पालामा मोबाइल, टिभी केही थिएन, केमा गीत सुन्नु ?”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.