• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बागमती प्रदेशसभाको बैठक : सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत

  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल गर्नुभयो । उक्त बैठकमा विशेष समय माग गरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेशसभामा केही दिनअघि बसेको बैठकमा विशेष र शून्य समयमा सदस्यहरूले उठाउनुभएको राष्ट्रिय सरोकारसँग सम्बन्धित प्रश्नहरूको आज उत्तर दिनुहुँदै प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनलाई सदुपयोग गरी सरकारको कार्य सम्पादनलाई इमान्दारीपूर्वक कार्यान्वय गर्दै आइरहेको बताउनुभयो ।

    उहाँले सरकारले यसै चालु आर्थिक वर्षभित्र कुनै पनि नयाँ सवारीसाधनको खरिद नगरिएको र सरकारलाई आर्थिक भार पर्ने खालको कुनै अनावश्यक कार्य नगरिएको पनि स्पष्ट पार्नुभयो । मन्त्री लामाले देशमा यदाकदा चिकित्सकहरूमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति सरकारले गम्भीरतापूर्वक ग्रहण गरेको र ती अभियुक्तहरूलाई कारबाही गर्न सङ्घीय सरकारले कदम चालेको र त्यसका लागि प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहकार्य गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि प्रोत्साहन र सुरक्षा प्रदान गर्ने प्रदेश सरकारको नीति रहेको बताउनुभयो ।

    उहाँले सामाजिक सञ्जालमा लेखिएको समाचारको आधारलाई सत्य हो वा होइन भन्ने अनुसन्धान गर्ने सरकारी निकायहरू रहेको उल्लेख गर्नुहुँदै आफ्नो पार्टीका तर्फबाट मन्त्री नियुक्त हुनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामा कुनै सुन काण्डमा संलग्न नरहेको र दोषी पाएमा कानूनबमोजिम सजाय भोग्नुपर्नेतर्फ संसद्मा स्पष्ट पार्नुभयो । मन्त्री लामाले बडा दसँैको उपलक्ष्यमा बजारमा रहेका सबै पसलमा मूल्यसूची राख्नुपर्ने र सर्वसाधारणहरूलाई लत्ताकपडा, खाद्यान्न, मसला, तेललगायत तरकारीहरू सुपथ मूल्यमा उपलब्ध गराउन स्थानीय प्रशासनमार्फत सबै जिल्लामा व्यवस्थापन मिलाउन सरकारले निर्देशन दिइसकेको बताउनुभयो ।

    सरकारले सबै दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार एवं विपन्न नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको आफ्नो क्षमताअनुसार स्रोतसाधन परिचालन गर्नेतर्फ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । सोही बैठकमा जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामाले केही दिनअघि विभिन्न पत्रिकामा आएको समाचारलाई आधार बनाई आफू सुन कारोबारमा संलग्न रहेको भनी आएको चर्चा–परिचर्चा सत्य नभएको स्पष्ट पार्दै आफूले प्रेस विज्ञप्तिमार्फत सबै सत्यतथ्य सार्वजनिक गरिसकेको पनि जानकारी दिनुभयो ।

    उहाँले आफूलाई लागेको आरोपमाथि सम्बन्धित निकायको अनुसन्धान गर्ने निकायहरूबनाट आफूलाई सोधपुछ अथवा कुनै पक्राउ पुर्जी जारी नभएको पनि उल्लेख गर्दै आफूमाथि लागेको आरोपको सत्यतथ्य प्रमाणित गरी अघि बढाउन नेपाल प्रेस काउन्सिलमा आफूले उजुरी दर्ता गरेको पनि बताउनुभयो । मन्त्री लामाले आफू राजनीतिक दलको इमान्दार कार्यकर्ता भएको र आफुले गर्दै आएको समाजसेवा र राजनीतिप्रति वितृष्णा उत्पन्न गर्नका निमित्त केही सञ्चारगृहहरू आफूमाथि प्रयोग भएकामा दुःख व्यक्त गर्नुभयो ।

    प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको दोस्रो बैठक ३ः३० बजेका लागि आह्वान गर्नुहुँदै उक्त बैठक स्थगित गर्नुभएको थियो । प्रदेश सभाको आज बस्ने बैठकको कार्यसूचीअनुसार, बिहान ११ बजे बस्ने भनिएको बैठक नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्ने भनिएको कारणले समयमा सुरु हुन नसकी १ः४० को समयमा बैठक सञ्चालन भएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.