काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५६ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ं।५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा २० हजार ८९१ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा १० हजार ८७ जना रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ४२८ रहेका छन् । आज १२ हजार २०५ जनाको पिसिआर परिक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।








