• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान : अध्यक्ष नेपाल

  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु गरिएको बताउनुभएको छ । सरकारले नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि काम गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले गाँउ-गाँउमा कृषि क्रान्तिको अभियान लिएर अघि बढन कार्यकर्तालाई आह्वान गर्नुभयो । शुक्रबार हेटौंडामा आयोजित समाजवादी जागरण अभियान अन्तर्गतको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।

    उहाँले ढिला सुस्ती र भ्रष्टाचार अन्त्य गर्न सके मात्रै जनताले न्याय पाउने भनाइ राख्नुभयो । जनताको मनोबल उच्च नभए समाजको विकास नहुने भन्दै उहाँले सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो । जनतामा जानका लागि पार्टीको नाम मात्र नभई महाअभियान जरुरी रहेको उहाँको भनाइ छ । अध्यक्ष नेपालले रोजगारी, समृद्धि र सुशासनको नाराका साथ आम नागरिकमा देशको वर्तमान अवस्था, आगामी दिनमा पार्टीले लिने रणनीति, कार्यदिशा लगायतका विषयमा जानकारी गराउन अभियान सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।

    उहाँले जनतासँग स्थापित हुन आफूहरु घर–घरमा आएको बताउनुभयो । जनता आवास कार्यक्रम, काठमाडाैँ-निजगढ दु्रतमार्गको योजना तथा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका योजना आफू प्रधानमन्त्री हुँदा ल्याएको भन्दै बताउनुभयो । जागरण अभियानले पार्टी बलियो बन्नेमा विश्वास गर्दै उहाँले कार्यकर्तालाई सबैमा आशा जगाएर अघि बढ्न आग्रह गर्नुभयो । सो अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अभियानले पार्टीलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    जनताका आधारभूत मुद्दाहरु सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले दैनिक विदेश पलायन हुने युवाहरुको लहरलाई रोक्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य विरोध खतिवडा, सचिव रामकुमारी झाँक्री, पार्टी बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाललगायतका नेताहरुको उपस्थिति थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.