• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् ? कहिले बन्छ होला है ?’ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको छेवैमा व्यवसाय गरेर बसेका हरि केसीले सुन्दै आएका प्रश्न हुन् यी ।

    बर्खामा उर्लिने हिउँदमा निरन्तर बगिरहने कालीगण्डकीमा पक्की पुल बन्न थालेको सात वर्ष बित्यो । कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन् । अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छ जस्तो नलाग्ने सर्वसाधारण बताउँछन् । जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको काम सात वर्षदेखि चलिरहेको छ ।

    “विभिन्न कारणले लामो समयदेखि काम अगाडि बढ्न सकेन् । अघिल्लो वर्ष धेरै काम भएको छ । अब २० प्रतिशत काम मात्रै बाँकी छ”, सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पोखरेलले भन्नुभयो, “कठिन काम सकियो । निर्माण कम्पनीको म्याद पनि सकिएको छ । म्याद र बजेट थप भए अबको एक वर्षमा पुल निर्माण सम्पन्न हुन्छ ।” उहाँले पाँच वर्षसम्म अलपत्र रहेको कामले अघिल्लो वर्ष गति लिएको बताउँदै अघिल्लो वर्ष मात्रै ४५ प्रतिशत काम भएको जानकारी दिनुभयो । पोखरेलका अनुसार त्यसभन्दा अघिको वर्ष करिब ३५ प्रतिशत काम भएको थियो ।

    “पुलका पिल्लर बनिसकेका छन् । ढलान स्लापको काम बाँकी हो । आसपासका एप्रोज रोड र पुल जोगाउन तारजालीको लागि भिओ गर्नुपर्ने छ”, पोखरेलले भन्नुभयो, “कूल बजेटको १५ प्रतिशत भित्रै हुने गरी भिओ बनाउने योजना छ । भिओ भएको बजेट स्वीकृत हुँदा आगामी असारसम्म पुल तयार हुन्छ ।” जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देविस्थान जोड्ने गरी विसं २०७३ असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो । प्राविधिक कारणले लामो समयसम्म काम रोकिएको थियो । काम थालेको पाँच वर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेकामा गत आवमा भएको कामसमेत गरेर ८० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचनाको काम सकिएको छ ।

    कालीगण्डकी नदीको बीचमा दुईवटा पिल्लर तयार भएका छन् । पाँचाैँ पटक म्याद थपका लागि निवेदन दर्ता गराएको निर्माण कम्पनीले जनाएको छ । “कामको गति हेर्दा म्याद नथप्नुपर्ने कुनै कारण छैन्”, इञ्जिनियर पोखरेलले भन्नुभयो, “भिओ स्वीकृत हुने नहुने मुख्य प्रश्न हो ।” उहाँका अनुसार रू १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ मा तीस महिनाभित्र काम सक्नेगरी सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ ।

    समयमै पुल नबन्दा तीन वर्ष अघि भदौमा आएको पहिरोले मध्यपहाडी लोकमार्ग एक साता अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न नपाएको स्थानीय हरि केसीले बताउनुभयो । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाईसमेत करिडोरको पहुँचमा ल्याउने उहाँको भनाइ थियो । उहाँका अनुसार ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नुपर्दैन ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.