पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ५ जना, बाग्लुङका ६ जना रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितहरुमध्ये बाग्लुङ निसिखोलाका तिनैजना भारतबाट र गल्कोट-४ का २७ बर्षीय पुरुष रौतहटबाट आएका हुन् । यस्तै, नवलपरासी देबचुली-२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् भने अन्य सबैजना कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो । सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको डा. शर्माले जानकारी दिए ।








