• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बिरुवा उत्पादनले बदलिएको पहिचान

  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहनुभएका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमीयामलाई मध्यनजर गर्दै बिरुवा उत्पादन गर्ने बस्यालले यस व्यवसायबाट नाम र दाम दुवै मिलेको बताउनुभयो ।

    “बिरुवा उत्पादन सुरु गरेदेखि समाजमा मेरो पहिचान फेरिएको छ, छोटो समयमा आम्दानी हात परिरहेको छ, घरमै बसेर बिरुवा उत्पादन गरी बिक्री कार्यमै दिनहरू बित्छन्”, उहाँले भन्नुभयो । तरकारी खेतीको तुलनामा बिरुवाबाट छोटो समयमा आम्दानी तत्काल लिन पाइने, बिरुवा बिक्रीका लागि समस्या नरहेको बस्यालले बताउनुभयो । व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले तरकारीको बजारीकरण, उत्पादन लिन धेरै समय, रोग कीराको समस्याका कारण एक दशकयता भने बिरुवा उत्पादनलाई जोड दिनुभएको छ ।

    “तरकारीको तुलनामा बिरुवाबाट धेरै फाइदा छ, तरकारीले बजार नपाएर कुहाएर फाल्नुपर्ने अवस्था पनि आउँछ”, उहाँले भन्नुभयो, “लागतअनुसारको मूल्य पाइँदैन, रोग कीराले सताउने गर्छ, बिरुवा बेच्न धेरै सजिलो छ ।” उहाँले एक वर्षमा करिब रु एक लाख बराबरको बिरुवा बिक्री गर्नुहुन्छ । नर्सरीबाटै धमाधम बिरुवा बिक्री भइरहेको छ । पाल्पाको रामपुरलगायत छिमेकी जिल्ला, स्याङ्जा, तनहुँलगायतका स्थानबाट ग्राहक घरमै बिरुवा खरिद गर्न आउने गरेको बस्यालको भनाइ छ ।

    बिरुवा बिक्रीबाट घर खर्च चलाउन धेरै सजिलो भएको उहाँ बताउनुहुन्छ । बस्यालले बिरुवा उत्पादनका अलवा पशुपालन, कुटानी पिसानी मिलसमेत सञ्चालन गर्दै आउनुभएको छ । सोही ठाउँकै अर्का कृषक राधिका बस्यालले बिरुवा बिक्रीबाटै गत वर्ष रु एक लाख ४० हजार बराबरको आम्दानी गर्नुभयो । यस वर्ष पनि सो बराबरकै आम्दानी हुने उहाँको अनुमान छ । विगत आठ वर्षदेखि बिरुवा उत्पादन गरिहनुभएकी राधिकाले यस व्यवसायबाट आफू समाजमा चिनिने अवसर पाएकामा खुसी व्यक्त गर्नुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “पहिला घरपरिवार, आफन्त, साथीभाइले मात्रै चिन्नुहुन्थ्यो, अहिले यस व्यवसायका कारण धेरैका सामु व्यावसायिक कृषकको रूपमा परिचित हुन पाउँदा खुसी लागेको छ ।” बिरुवा उत्पादनका अलवा घरमा पशुपालन, धान, गहुँ, मकै, तरकारी खेती गरिरहेको उहाँ बताउनुहुन्छ । आफँैले बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि अरुको भर पर्नु नपरेको उहाँको भनाइ छ । घरायसी कामधन्दासँगै आयआर्जनका लागि मौसमी तथा बेमौसमी विभिन्न जातका बिरुवा लगाएर आत्मनिर्भर बन्न सकिने राधिकाको अनुभव छ ।

    यतिबेला यहाँका किसानलाई ग्राहकको मागअनुसार बिरुवा पुर्याउन समस्या भइरहेको छ । बेमौसमी बिरुवा उत्पादन गर्ने किसान कम भएकाले बिरुवा खरिद गर्न आउने बर्सेनि ग्राहक बढिरहेका छन् । बिरुवा राम्रो पाइने भएकाले पनि धेरै ग्राहकले खोजी–खोजी घरमै पुगेर खरिद गर्ने गर्दछन् । राम्रो मूल्य लिनका लागि यहाँका किसानले असोज र कात्तिकमा काउली, बन्दा, गोलभेँडा, ब्रोकाउली, प्याजका बिरुवा उत्पादन गर्छन् भने माघ र फागुनमा लहरेबालीका बिरुवा उत्पादन गरी बिक्री गरिरहेका हुन्छन् । बेमौसमीयामका बिरुवा भएकाले किसानले मूल्य राम्रै पाउँछन् । अहिले काउली र बन्दाको प्रतिबोट बिरुवा रु पाँचमा बिक्री भइरहेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.