• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नुवाकोटको किस्पाङ गाउँपालिका डिप्लोमा तहको स्वास्थ्य शिक्षा पढाइ हुँदै

  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा नुवाकोट जिल्लामा पहिलोपटक स्थानीय सरकारबाट सञ्चालन गर्ने गरी किस्पाङ गाउँपालिकामा सामान्य चिकित्सा (एचए) र ‘डिप्लोमा इन फार्मेसी’ का लागि आवेदन खुलेको छ । चिकित्सा शिक्षा आयोगको सहमतिमा यही असोज २२ गते परिषद्ले विज्ञटोलीसहित सम्भाव्यता अध्ययन र पूर्वाधार निरीक्षण गरी सम्बन्धन दिने निर्णय गरेसँगै असोज २३ गते परिषद्को परीक्षा नियन्त्रण कार्यालयले किस्पाङ बहुप्राविधिक शिक्षालयका नाममा सूचना जारी गरी दुवै कार्यक्रमतर्फ ४०¬–४० विद्यार्थी कोटा निर्धारण गरेर भर्नाको अनुमति दिएको हो ।

    बागमती प्रदेशमा यी कार्यक्रमतर्फ सम्बन्धन र कोटा पाउने गाउँपालिकामध्येमै किस्पाङ गाउँपालिका पहिलो भएको छ । सो शिक्षालय जिल्लाको उत्तरी भेग तथा दुर्गम गाउँ किस्पाङ गाउँपालिका–३ एँेसेलुमा रहनेछ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सो गाउँपालिकाले गाउँसभामार्फत रु दुई करोड बजेट सुनिश्चित गरेर मुनाफारहित किस्पाङ बहुप्राविधिक शिक्षालय स्थापना गरी ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ कक्षा सञ्चालन गर्न माग गरेको थियो । परिषद्ले यसअघि प्रवेश परीक्षामा सहभागी भएर उत्तीर्ण भइ वैकल्पिक सूचीमा रहेका विद्यार्थीलाई भर्नाका लागि आह्वान गरेको छ भने कोटाअनुसारको भर्ना नभएलगत्तै दोस्रो प्रवेश परीक्षा गराउने जनाएको छ ।

    गाउँपालिकाले शिक्षण अनुमति प्राप्त गरेसँगै कम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने लक्ष्यका साथ तीन वर्षका लागि एकमुष्ट रु एक लाख ९५ हजार शुल्क तोकेको छ । तीन वर्षको शुल्क एकमुष्ट तोकिए पनि तीन किस्तामा तिर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले राससलाई बताउनुभयो । उक्त कार्यक्रमका लागि निजी शैक्षिक संस्थाले ‘सामान्य चिकित्सा’ का लागि पाँच लाख र ‘डिप्लोमा इन फार्मेसी’ का लागि रु चार लाख शुल्क लिने गरेका छन् ।

    उक्त गाउँपालिकाले ‘प्राविधिक तथा उत्पादनमूलक शिक्षाः समृद्ध किस्पाङको इच्छा’ नारा पारित गरी कार्यान्वयन गर्दै आएको र प्राविधिक शिक्षालाई निरन्तरता र उत्पादनमूलक शिक्षालाई जोड दिएको छ । स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य सहायक, फार्मेसी र जडीबुटी शिक्षा प्राथमिकतामा राखेको उपाध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो ।

    सो गाउँपालिकाका स्वास्थ्यसेवाका अधिकृत विनोद न्यौपानेले तीन वर्षको प्रयासपछि दुर्गम गाउँमा सुलभ मूल्यमा यस प्रकारको प्राविधिक शिक्षा उपलब्ध हुनुले कम आय भएका विद्यार्थीका लागि विशेष अवसर हुने बताउनुभयो । पर्यटनको प्रचुर सम्भावना बोकेको किस्पाङ अब प्राविधिक शिक्षाको केन्द्र पनि बन्ने स्थिति बनेको छ । नुवाकोट जिल्लाको साविक गाविस साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना मिलेर किस्पाङ गाउँपालिका बनेको हो ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.