• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानसेनापति ट्रफी मध्यपृतना र जगदल गणलाई

  •   मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगितामा समग्र पृतनास्तरमा उपत्यका पृनता र गणस्तरमा जगदल गण सर्वाेत्कृष्ट घोषित भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आज आयोजित कार्यक्रममा उपत्यका पृनतापति र जगदल गणका गणपतिलाई ट्रफी एवं नगद पुरस्कार प्रदान गर्नुभयो । प्रथम हुने पृतना र गणलाई रु तीन/तीन लाख नगद पुरस्कार प्रदान गरियो । प्रतियोगिता समग्रमा पुरानो गोरख गण र १६ नं बाहिनी द्वितीय भए भने फष्ट राइफल गण र मध्यपूर्वी पृतना तृतीय घोषित भए ।

    द्वितीय हुने गण र बाहिनीलाई रु एक–एक लाख नगद, ट्रफी तथा तृतीय हुने गण र पृतनालाई रु ५०–५० हजार नगद र ट्रफी प्रदान गरियो । प्रतियोगितामाअन्तर्गत आज भएको फुटबल खेलमा जगदल गण प्रथम भयो भने काली शक्ति गण इन्जिनियरिङ दोस्रो भयो । प्रतियोगितामा जगदल गणले १ का विरुद्ध २ गोल गरेको थियो । जगदल गणका दोरिन्द्रविक्रम ढुङ्गाना र सन्जोग दुराले १/१ गोल गर्नुभयो भने काली शक्ति गणका अमृत दराईले १ गोल गर्नुभएको थियो ।

    प्रतियोगितामा प्रथम र द्वितीय हुने गणलाई क्रमशः रु एक लाख र रु ५० हजार नगद ट्रफी र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा तेस्रो घोषित देवीदल गणलाई रु ३० हजार नगर र प्रमाणपत्र प्रदान गरियो । समारोहमा उत्कृष्ट खेलाडी, प्रशिक्षण र निर्णायकलाई पनि प्रमाणपत्र प्रदान गरियो । उहाँहरुलाई वलाधक्षरथी सीताराम खड्का तथा पूर्वप्रधानसेनापतित्रय प्यारजङ्ग थापा, राजेन्द्र थापा र पूर्णचन्द्र थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

    प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केट बल र फुटबल विधा समावेश थिए । समापन अवसरमा बलाध्यक्ष खड्काले ‘स्वास्थ्यका लागि खेल’ र ‘राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ भएको प्रतियोगितामार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका प्रतिभावान खेलाडी उत्पादन र पहिचान गर्ने ध्येय रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “खेलकुदमार्फत व्यक्तिगत र संस्थागत अनुशासन कायम गर्न प्रतियोगिताले निरन्तर सहयोग पु¥याउने नै छ ।” तेह्र दिनसम्म सञ्चालन भएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक र निर्णायक गरी दुई हजार पाँच सयको सहभागिता रहेको सो अवसरमा जानकारी दिइयो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेल क्षेत्रका च्याम्पियन टिम हो ।

    सो अवसरमा प्रतियोगिताअन्तर्गत ४२ किमी एथलेक्टिसका विजयी मोहनदेव जोशी र १० किमी दौड प्रतियोगिताका विजयी खड्गबहादुर खड्कालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल विधामार्फत उच्च योगदान पुर्‍याउने कीर्तिमानी खेलाडी दीपक अधिकारी र राष्ट्रिय महिला फुटबल खेलाडी विमला चौधरीलाई पनि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.