• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चोक–चोकमा चटपटे

  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुली । स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । “दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,” उहाँले भन्नुभयो । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिनुभएको थियो । जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा व्यवसायी ठेलागाडामा चटपटेका सामान राखेर बिक्रीका गर्न बस्छन् ।

    साथीहरुसँग भेटघाट हुँदा होस् वा दिउँसोको खाजा खाने समय तन्नेरी तामाङ त्यतै पुगिहाल्नु हुन्छ । उहाँजस्तै चटपटे, पानीपुरी खाने ग्राहकको रहरलाग्दो उपस्थितिले व्यवसायीलाई जाँगरिलो बनाएको छ । ठेलागाडामा चटपटे, पानीपुरी मात्रै बेच्दै आएका व्यवसायी तथा व्यापारीले खाजाका ‘आइटम’ थप्दै गएछन् । चटपटे, पानीपुरीसहित समोसा, जुलेवी, चनाभुजा, आलुचप, पकौडा, कचौडी एकै ठाउँमा राख्न थालेका छन् । ठेलागाडामा व्यवसाय गर्नेहरुले बनाएका खानेकुरा स्वादिष्ट हुने उपभोक्तामा छाप बस्दै गएको छ ।

    जति नै प्रकारका खानेकुरा बोके पनि सबैभन्दा बढी बिक्ने पिरो, अमिलो जिब्रोमा च्वास्सै लाग्ने चटपटे र ट्वाक्क परेको पानीपुरी हो । यसको व्यापार सदाबहार हुने व्यवसायी समिरा सुब्बाले बताउनुभयो । “चटपटे, पानीपुरी सबैले मन पराउँछन्,” विशेषगरी दिउँसो खाजा खाने समय र विद्यार्थीहरुको विद्यालय छुट्टी भएपछि बनाएर दिन भ्याइनभ्याइ नै हुन्छ । विद्यार्थी, कर्मचारी, युवायुवती बढी आउँछन्,” उहाँले भन्नुभयो । दुधौली नगरपालिका–११ पत्रिङ्गामा उहाँको घर छ ।

    पाँच वर्षदेखि छोराछोरी पढाउन जिल्ला सदरमुकामस्थित मधुटारमा कोठाभाडामा लिएर बस्दै आउनुभएकी सुब्बाले आफ्नो कोठा नजिकै चटपटे व्यापार गर्न थाल्नुभएको दुई वर्ष पुग्नै लाग्यो । एक छोरा र एक छोरीकी आमा सुब्बा कोठाको कामधन्दा सकाएर दिउँसो १२ बजे मात्रै व्यापार गर्न निस्कनुहुन्छ । साँझ ६ बजेसम्म ठेलागाडामा चटपटे, पानीपुरी बेच्न खटिनुहुन्छ । यसको व्यापार कम लगानीमा गर्न सकिने भएकाले जो कोहीले गर्न सक्ने उहाँको बुझाइ छ । उहाँले २५ हजारबाट व्यवसाय सुरु गर्नुभएको हो ।

    “पन्ध्र महिनाअघि २० हजार ठेलागाडा र पाँच हजार चटपटे, पानीपुरीको सामानमा लगानी गरेर यो व्यवसाय सुरु गरेको थिएँ,” उहाँले भन्नुभयो, “व्यापार, व्यवसायले हामीलाई आत्मानिर्भर बनाउने रहेछ । दुई वर्षदेखि रोजगारी नपाएर श्रीमान् घरैमा हुनुहुन्छ । चारजना परिवारको खर्च यसैको कमाईले टारिराखेको छु ।” रु ३० हजारको लगानीमा सुरु भएको चटपटे व्यवसायबाट मासिक ४० हजार बचत हुने मुकेश चौधरीले बताउनुभयो । पढाइमा ५ कक्षा उत्तीर्ण नगर्नु भएका चौधरीले सिन्धुलीमाडी बजारमा चटपटे व्यापार गरेरै १५ वर्ष बिताइसक्नुभएको छ । रु २० हजारको ठेलागाडामा चटपटे, पानीपुरीको सामान, पकौडा, आलुचप, चनासहितको खाजासेट तयार गर्न ग्यास चुलो राखिएको हुन्छ ।

    सोही ठेलागाडा ठेल्दै उहाँ मधुटारदेखि लोकतान्त्रिचोक, १ नं बजार, गैरीबजार हुँदै २ नं बजारसम्म पुग्नुहुन्छ । बजारमा कपडा, खाद्यान्न, तरकारी, भाँडाकुँडालगायत व्यापार गर्न बसेका अधिकांश व्यापारी उहाँको ठेलामा तयार भएका खानेकुरा खान रुचाउँछन् । दिउँसोको खाजा खाने समयमा जीवन सँगिनी रानीदेवी चौधरी र उहाँलाई धौधौ नै पर्छ । रानीदेवीका अनुसार उहाँकामा दैनिक ५० देखि एक सयजना बढी खाजा खाने ग्राहक हुन्छन् । ठेलागाडामा गरेको व्यवसाय भए पनि सफा, स्वादिष्ट र गुणस्तर हुने भएकाले सबैको रोजाइमा परेको उहाँको बुझाइ छ । “चटपटे, पानीपुरी स्वादिष्ट बनाउन सबै मरमसलाको मात्रा मिलाउन सक्नुपर्छ ।

    गेडागुडी, काँक्रो, बन्दाकोभी, आलुचप, कचेडी, टमाटर, प्याज, चाउचाउ, दालमोट लगायतका कुरा भुजामा मिसाएर हेर्दै खाउँ–खाउँ लाग्ने बनाउनुपर्छ,” व्यवसायी रानीदेवीले भन्नुभयो, । व्यापार, व्यवसाय गर्नेहरुले आफ्ना सेवाग्राहीलाई माया गर्न जरुरी रहेको व्यवसायी मुकेशको बुझाइ छ । त्यसैले आफ्नो पसलको नाम ‘लभ्ली चटपटे, पानीपुरी पसल’ राखेको उहाँले बताउनुभयो । यस पसलले चौधरी दम्पती स्वरोजगार मात्रै भएका छैनन्, आम्दानीबाट सिन्धुलीमाडीको धुराफाँटमा सात धुर घडेरी जोडिसकेका छन् ।

    महोत्तरीमा दुई धुर घडेरी किनेर एकतले पक्का घर बनाइसकेको चौधरी दम्पती बताउँछन् । तीन छोरा र एक छोरीको पढाइ खर्चसहितका सबै खर्च यसैबाट चलेको छ । बाहिरी जिल्लाबाट सिन्धुली आएर चटपटे, पानीपुरी मात्रै व्यापार गरेर आफ्ना सन्तानलाई बोडिङमा पढाउनेलगायतका सबै खर्च टारेर घरजग्गा जोड्ने चौधरी दम्पती त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता उदाहरण जिल्लामा अरू पनि थुप्रै छन् । पच्चिसवर्षे रवि शाहले चटपटे, पानीपुरी व्यापारमा आफ्नो वर्तमानमात्र नभएर भविष्य पनि देख्नुभएको छ । बाजे र बुबाले गर्नुभएको पेसालाई उहाँले निरन्तरता दिनुभएको हो । १० जना परिवारको जीविका यही व्यापार, व्यवसायबाट चलेको उहाँले बताउनुभयो ।

    “जागिर गर्दा अरूको चाहनामा चल्नुपर्छ । आफ्नो व्यापार, व्यवसायको आफैँ मालिक हो । कसैको दबाबमा काम गर्नु पर्दैन । आफ्नो इच्छा, चाहना र खुसीअनुसार मन लागेको गर्न पाइन्छ । यसमा स्वतन्त्रता हुन्छ, स्वाभिमानसहितको सम्मानित जीवन बिताउन पाइन्छ,” युवा व्यवसायी शाहले सुनाउनुभयो । उहाँका अनुसार सिन्धुलीमाडीमा चट्पटेको व्यापार सुरु गर्ने पहिलो व्यवसायी आफ्ना हजुरबा लक्ष्मण र बुबा महन्त शाह हुन् । २०३२ सालमा उहाँहरुले सुरु गर्नुभएको व्यवसायलाई छोरा नातिले समेत पछ्याउँदै आएका छन् ।

    व्यवसायबाट बाबु–बाजेले सबै परिवारको खर्च टारेर घरजग्गा लगायतका सम्पति जोड्न सफल भएकाले आफूहरुले पनि यसैमा भविष्य देखेको युवा व्यवसायी शाहको भनाइ छ । तीस वर्षदेखि सिन्धुलीमाडीमा चटपटे बेच्दै आउनुभएका सीतादेवी ठाकुर र कमला चौधरी पछिल्लो समय चटपटे, पानीपुरी व्यापार, व्यवसायमा समस्या, चुनौती थपिएका धारणा राख्नुहुन्छ । सामान महँगिएकाले व्यापारबाट पहिलाजस्तो आम्दानी लिन नसकेको, व्यापारी र व्यवसायी बढेकाले एकअर्कामा प्रतिस्पर्धा हुने गरेको, सेवाग्राहीहरु मीठो, सस्तो, गुणस्तर खोज्ने र बजारमा प्रतिस्पर्धा गरेर बेच्नु परेकाले पहिलाको भन्दा आम्दानी घटेको उहाँले बताउनुभयो ।

    बजार क्षेत्रमा ठेलागाडामा चटपटे, पानीपुरी व्यापार गर्ने व्यवसायीहरुलाई नगरपालिकाले विभिन्न बहानामा दुःख दिने गरेकोसमेत उहाँले गुनासो गर्नुभयो । सानो लगानीमा सुरु गर्न सकिने र खाजाका रुपमा अधिकांश व्यक्तिको रोजाइमा पर्ने पिरो, अमिलो चटपटे, पानीपुरी व्यवसाय जिल्लामा फस्टाउँदै गएको छ । सिन्धुलीको सिन्धुलीमाडी, खुर्कोट, ढुङ्ग्रेवास, चियाबारी, नयाँखर्क, मूलकोट, डकाहा, दुधौली, मरिणलगायत जिल्लाभरका मुख्य–मुख्य चोकमा चटपटे, पानीपुरीको व्यापार बढेको छ । यसबाट व्यवसायीले आकर्षक आम्दानीसमेत दिँदै आएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.